Case worker

Community Development & Advocacy Forum Nepal

Details / requirements:

Caseworker को लागि आवेदन दर्ता गराउने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन २०८१।१२।० गते

सामूदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबास ०१, महोत्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा संञ्चालित समुन्नती कार्यक्रम मार्फत स्थानिय स्तरमा रहेको न्यायीक समितिलाई सशक्तिकरण गर्दै समाजमा बिधमान रहेका विभिन्न किसिमका घरेलु हिँसा, दुर्व्यवहार तथा भेदभाव जस्ता नराम्रो अभ्यासहरु लाई न्यूनिकरण गर्दै सभ्य र हिँसा रहित समाजको निर्माण तथा न्यायको गरिमालाई कायम राख्न आजको आवश्यकता भएको हुदाँ त्यसता घटनाहरुको पहिचान गरी घटना दर्ता, पिडितलाई आवश्यक राहत सहयोग उपलब्ध गराउनु मानवीय कत्र्तव्य समेत भएको हुनाले यस परियोजना मार्फत उक्त कार्य सफलतापुर्वक सम्पन्न गर्न सक्ने तपशिलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली ब्यक्तिहरु नागरीकहरु बाट Case worker पदको लागि दरख्वास्त आब्हान गरिएको छ ।

पद: Case worker (४ जना)

योग्यता तथा अनुभव:

  • कम्तिमा १८ वर्ष पूरा वर्ष भएको नेपाली नगरिक,
  • आवेदन कर्ता कम्तिमा १०+२ उत्तिर्ण भएको हुनु पर्ने छ । माथिल्लो शैक्षिक योग्यतालाई विशेष प्राथमिकता दिइने छ ।
  • घरेलु हिँसा, दुर्व्यवहार तथा विभेद विरुद्घको क्षेत्रमा कार्य गरेको अनुभव भएको हुनु पर्ने ।
  • स्थानिय निकाय सँग समन्वय गर्न सक्ने ।
  • पिडितको मनोभावना बुझेर कार्य गर्न सक्ने ।
  • मनोसामाजिक परामर्श सम्बन्धि प्राथमिक तालिम लिएको ।
  • १८ वर्षभन्दा माथिका युवायुवति हुनु पर्ने छ । Case Management सम्बन्धित ज्ञान तथा अनुभव भएका युवायुवति (महिला) लाई विशेष प्राथमिकता दिइनेछ ।
  • आवेदक बर्दिवास र गौशाला नगरपालिकाको स्थायी बासिन्दा हुनु पर्ने छ ।
  • प्राथमिक मनोपरामर्श तथा घटना व्यवस्थापन सम्बन्धि तालिम प्राप्त भएका लाई विशेष ग्राहयता दिइनेछ ।
  • आवेदक Case worker and Case Management बारे सिक्न र यसै क्षेत्रमा कार्य गर्न उत्सुक हुनु पर्ने छ ।
  • बाल संरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिँसा, शोषण, बिभेद, बेचबिखन, बेवास्ता तथा आदि कार्यहरुमा दोसि नभएको वा सजाय नपाएको इमान्दार, निष्पक्ष र मेहनती हुनु पर्ने छ ।

आवश्यक कागजातहरु: शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, ब्यक्तिगत विवरण (Bio Data) मा  कम्तिमा २ जना सन्दर्भ व्यक्ति (Reference) हरुको नाम र सम्पर्क नम्बरका साथै आफुले भर्न लागेको पद प्रस्ट उल्लेख भएको हस्त लिखित निवेदन (आवश्यक सहयोग:आवेदन लेख्न सम्बन्धित वडामा रहेका सामूदायिक विकास तथा पैरबी मञ्च नेपालका सामुदायिक परिचालक वा अन्य कर्मचारीको सहयोग लिन सकिने छ ।)

नोट: प्रारम्भिक छनौट सूचिमा  परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा समावेश गराइने छ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको आवेदन स्वत: अमान्य हुनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०८१।१२।२७ गते गते साँझ ५:०० बजे सम्म ।

थप जानकारी तथा आवेदन दिने ठेगाना:

(सम्बन्धित नगरपालिकाका फिल्ड एसोसियटहरु मार्फत पनि निवेदन पठाउन सकिने छ ।)

सामुदायिक विकाश तथा पैरवी मञ्च नेपाल

बर्दिबास नगरपालिका, गौरीडाँडा – ३, परियोजना कार्यालय

फोन नं.: ९८४४४२३९८५, ९८११७३६८२९

इमेल: official@cdafn.org.np

Overview

Category Development / NGO
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Mar, 2025
Apply Before 09 Apr, 2025
City Bardibas