बोलपत्रको सूचना आह्वान
Details / requirements:
बोलपत्रको सूचना आह्वान
मिति: २०८१ चैत्र ६ गते
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित परियोजनाको लागि तपसिल बमोजिमको निर्माण कार्य र सामाग्री तथा सेवा खरिद तथा निर्माण गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८०।०८१ को करचुक्ता सहित पेश गर्नको लागि बोलपत्र आह्वान गरिन्छ ।
तपसिल:
१. Bio-Sand Filter
२. Drinking Water Platform with Soak Fit Construction
शर्तहरु:
१. आपुर्तिकर्ता/निर्माणकर्ताले कार्यालयले उपलब्ध गराएको बोलपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट (भ्याट सहित) भ्याट लाग्ने सामाग्रीमा मात्र प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
२. Bio-Sand Filter र Drinking Water Platform with Soak Fit Construction को लागि छुट्टाछुट्टै बोलपत्र माग/पेश गर्नु पर्नेछ ।
३. सामाग्रीहरुको ढुवानी यस कार्यालय सम्म सम्बन्धित आपुर्तिकर्ताले नै गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।
४. खरिद/निर्माण गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।
५. बोलपत्र दाताले सिलबन्दी बोलपत्र २०८१ चैत्र २० गते तदानुसार २ अप्रिल २०२५ बेलुका ४ बजे भित्र कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउमा स्थित कार्यालयमा ल्याई बुझाई सक्नु पर्नेछ । म्याद नाघेको, रित नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
६. इमेलबाट पठाइएको बोलपत्र स्वीकार गरिने छैन तसर्थ बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।
७. प्राप्त बोलपत्रहरु खोलिने मिति र समय सम्बन्धित बोलपत्र दातालाई जानकारी गराईने छ । बोलपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
८. बोलपत्र स्विकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।
९. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
१०. माथि उल्लेखित सामाग्रीहरुको बोलपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
Financial Proposal - Bio-Sand Filter - WHH
Financial Proposal - Plateform of Handpump
सम्पर्क:
खरिद तथा लिलाम उप-समिति
कालिका स्वावलम्बन सामाजिक केन्द्र
कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा
सम्पर्क नम्बर: ०७६-५६०२८२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 19 Mar, 2025 |
Apply Before | 02 Apr, 2025 |
City | Kapilvastu, Lumbini Province |