बोलपत्र आव्हानको सूचना

Suncity apartment welfare society

Details / requirements:

बोलपत्र आव्हानको सूचना 

(प्रथम पटक प्रकाशीत मिति २०८१/०७/१४)

यस सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाईटीको पाँच वटा टावर तथा कम्पाउनडमा रङ्ग लगाउने कार्यको लागि शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।

१.     बोलपत्र फारम २०८१ मंसीर १३ गते भित्र बोलपत्र दस्तुर (फिर्ता नहुने) तिरी यस सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाईटीको प्रशासन कार्यलयबाट खरिद गर्न सकिने छ । बोलपत्र फारम खरिदको लागि निवेदनको साथमा बोलपत्र दाताको फर्म दर्ता प्रमाण पत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, अधिकारनामा र गत अ.व. २०७९/८० सम्मको कर चुक्ताको प्रमाण पत्रका प्रमाणित प्रतिलिपिहरु  र सञ्चालकको नेपाली नागरकिताको प्रमाण-पत्र यस कार्यालयमा पेश गरि बोलपत्र गरिद गर्न सकिने छ ।

२.     खरिद गरेको बोलपत्र फारम भरी सिलबन्दी गरि खामको बाहिर कामको विवरण, बोलपत्र नं., बोलपत्र दाताको फर्मको नाम, ठेगाना खोलि शिलबन्दी बोलपत्र २०८१ साल मंसीर १३ गते ५ः०० बजे सम्म यस कार्यलयमा दर्ता गरिसक्नुपर्ने छ । दर्ता भएको बोलपत्रहरु २०८१ साल मंसीर १४ गते ११ बजे यस कार्यलयमा नियम अनुसारको रोहबरमा खोलिने छ । बोलपत्र दाता वा निजहरुको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

३.     बोलपत्र दाताले बोलपत्र पुस्तिकाको सबै पानामा सहि छाप गरेको हुनुपर्नेछ । दर रेट महलको अंक र अक्षरमा (मुल्य अभिवृद्धि कर बाहेक) दुबैमा देख्ने गरी लेख्नुपर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएको दरलाई मान्यता दिईनेछ ।

४.     सिलबन्दी बोलपत्र साथ जमानत बापत तल उल्लेख भए अनुसारको रकम लक्ष्मी सनराईज बैंकको काडाँघारीमा रहेको शाखामा यस कार्यलयको खाता नंं. ०३२०७१५१२६७०१००१ मा जम्मा गरेको सक्कल भौचर वा सो बराबरको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बोलपत्र दाखिला गर्न अन्तिम दिनबाट कम्तिमा १२० दिन म्याद भएको विडबन्ड संलग्न हुनुपर्नेछ ।

५. शिलबन्दी बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन बिदा परेको खण्डमा त्यसको लगतै कार्यलय खुलेको दिनमा क्रमश सो कार्यहरु गरिनेछ ।

६.    म्याद भित्र दर्ता हुन नआएका तथा अन्य कुनै रित नपुगेको र कुनै सर्त राखि पेश भएको बोलपत्र उपर कुनै कारवाही हुनेछैन ।

७.    शिलबन्दी बोलपत्र स्वकृति गर्ने, अस्वकृत गर्ने तथा आंशिक स्वकृति गर्ने वा सूचना नै रद्ध गर्ने सम्पुर्ण अधिकार यस कार्यलयमा निहित रहनेछ ।

८.    विस्तृत जानकारीको लागि कार्यलय समय भित्र यस कार्यलयमा सम्पर्क राख्न सकिनेछ ।

Paint Work of Suncity Apartment Welfare Society

प्रशासन प्रमुख

सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाईटी

कागेश्वरी मनोहरा न.पा. वडा नं.९ काठमाण्डौ

इमेल: saws.suncity@gmail.com

फोन नं.०१-५१५०००९, ५१५००१०

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 30 Oct, 2024
Apply Before 28 Nov, 2024
City Kathmandu