बोलपत्र आह्वानको सुचना
Details / requirements:
बोलपत्र आह्वान
(दोस्रो पटक प्रकाशित)
मिति: २०८१।११।१४
राधाकृष्ण थारु जनसेवा केन्द्र, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरीे यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरण (KOICA Funded- ASRHR Phase II Project) अन्तर्गत बारबर्दिया नगरपालिकामा १ वटा, मधुवन नगरपालिकामा १ वटा, गुलरिया नगरपालिकामा १ वटा र ठाकुरबाबा नगरपालिकामा १ वटा गरि जम्मा ४ वटा बिद्यालयहरुमा लैङ्गिक तथा अपांगता मैत्री शौचालय भवन निर्माण गर्नुपर्ने भएकोले भवनको सम्पूर्ण सामाग्री सहित प्रस्तावआह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपशिलको शर्तपुरा गर्ने फर्मले यो सुचना प्रकाशित मितिले ७ (सात) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) शिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । प्रस्ताव आव्हानको नमुना फारम/विवरण तथा तल उल्लेख गरिएको लिंकबाट Download गरि लिन सकिने छ ।
Links:
Terms of Reference (ToR) Toilet Construction
Design for Toilet Construction
पेशगर्नुपर्ने आवश्यक कागजातहरु:
१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी
२. आ.व.२०८०/०८१ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी
३. स्थायी लेखानम्बर प्रमाण पत्र प्रतिलिपी
४. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (BID Security Money) संलग्न गर्नुपर्नेछ ।
६. प्रस्तावकले प्रस्तावना पत्र Hard copy, Currior, वा Email मार्फत Folder lock (PDF Protected) गरेर पनि पेश गर्नु पर्नेछ ।
७. प्रस्तावकले Email मार्फत Folder lock (PDF Protected) गरेर प्रस्तावना पत्र पठाउदा प्राविधिक प्रस्तावना (Technical Proposal) र बित्तिय प्रस्ताव (Financial Proposal) लाई छुट्टाछुट्टै Folder Lock गरि पठाउनु पर्नेछ ।
८. प्राविधिक प्रस्ताव (Technical Proposal) पास भएपछि मात्र बित्तिय प्रस्ताव (Financial Proposal) को मुल्याङ्कन गरिनेछ ।
९. प्रस्तावना मिति २०८१।११।२० गते मंगलवार दिउँसो १२:०० बजे भित्र पेश गर्नुपर्ने छ ।
१०. चार वटा शौचालय निर्माणको बिवरण तपशिल बमोजिम रहेको छ ।
तपशिल
क्र.सं. | बिधालयको नाम | ठेगाना | कैफियत |
१ | हिमाली आधारभुत बिधालय | गुलरिया–७, चौगुर्जी | १ वटा शौचालय |
२ | हिमालय आधारभुत बिधालय | ठाकुरवावा–३, मिर्चैया | १ वटा शौचालय |
३ | जनप्रिय आधारभुत बिधालय | बारबर्दिया–५ जब्दहवा | १ वटा शौचालय |
४ | शहिद आधारभुत बिधालय | मधुवन–२ गंगापटुवा | १ वटा शौचालय |
९. छनौट प्रकृयाको सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया , बर्दिया
गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगीदेवी मार्ग
सम्पर्क ब्यक्ति .– ९८६६२३०२२१
Email: sarojtharu.rkjs@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 26 Feb, 2025 |
Apply Before | 04 Mar, 2025 |
City | Bardiya |