बोलपत्र आह्वानको सुचना

Social Awareness Center SAC Nepal

Details / requirements:

बोलपत्र आह्वान

(प्रथम पटक प्रकाशित मिति: २०८१ फागुन ०१)

समाज जागरण केन्द्र (स्याक), नेपालप्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा र ठुलिभेरी नगरपालिकाको ५ वटा बिद्यालयहरुमा अपांग तथा लैंगिक मैत्री शौचालय निर्माण तथा १ वटा  किशोर किशोरी मैत्री स्वास्थ्य संस्था निर्माणको लागि यो सुचना प्रकाशित भएको मितिले २१ (एक्काईस) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

पेश गनुपर्ने आवश्यक कागजातहरु:

१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी

२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

३. आ.व.२०८०/०८१ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी

५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter) संलग्न गर्नु पर्नेछ ।

६. प्रस्ताव आह्वानको फारम, शर्तहरु (TOR) तथा BOQ संस्थाको website वा तथा तल दिईएको लिंकबाट प्राप्त  गर्न सकिनेछ  ।

७. बोलपत्र पेश गर्ने अन्तिम मिती २०८१।११।२१ गते दिउसो १ बजे  भित्र पेश गरिसक्नु पर्नेछ । उक्त बोलपत्र मिति २०८१।११।२१ गते दिनको १:३० वजे खोलिने छ । 

८. भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ । 

तपसिल

विड नं.बिद्यालयको नामठेगानानिर्माण संरचनाकैफियत
1/SAC/81-82आदर्श मा.वि बिधालय

ठुलिभेरी 

नगरपालिका,  जुफाल –०७,डोल्पा

३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको  अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
2/SAC/81-82सरस्वती मा.वि बिधालयठुलिभेरी नगरपालिका  दुनै –०३–,डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
3/SAC/81-82लक्ष्मी मा.वि बिधालयठुलिभेरी नगरपालिका थारगाउँ–०६, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
4/SAC/81-82त्रिपुराकोट मा.वि बिधालयत्रिपुरासुन्दरी नगरपालिका मध –०२, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
5/SAC/81-82जनप्रभा मा.वि बिधालयत्रिपुरासुन्दरी नगरपालिका–१०  लेखु –१० डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन द्यइत्त मा उपलव्ध गराइएको
6/SAC/81-82लेखु  स्वास्थ्य  चौकित्रिपुरासुन्दरी नगरपालिका –१०  लेखु –१० डोल्पादुई कोठे भवन, संगै अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको

नोट:

वोलपत्रको विस्तृत फाराम Toilet _AFS_ Drawing-BBaGs-BMZ & Toilet Bid Document & BOQ यहाँबाट डाउनलोड गर्न सकिनेछ वा संस्थाको मुख्य कार्यालय बिरेन्द्रनगर, सुर्खेत वाट पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ ।

  • स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।
  • दर रेट दिदा निर्माण ठेकेदार कम्पनीले विद्यालय र स्वास्थ्य चौकि क्षेत्रको भौगौलीक अवस्था अवलोकन गरी कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
  • विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ुने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।

वोलपत्र पेश गर्ने ठेगाना

खरिद समिति

समाज जागरण केन्द्र ( स्याक), नेपाल

केन्द्रिय कार्यालय बिरेन्द्रनगर– १२, सुर्खेत

फोन न.: ०८७–४४०१५२

www.sacnepal.org.np

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 13 Feb, 2025
Apply Before 05 Mar, 2025
City Birendranagar Surkhet