बोलपत्र आह्वानको सुचना

RadhaKrishna Tharu Jana-Sewa Kendra (RKJS)

Details / requirements:

बोलपत्र आह्वान

(पहिलो पटक प्रकाशित)

मिति: २०८१।१०।२९

राधाकृष्ण थारु जनसेवा केन्द्र , बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरण (KOICA Funded- ASRHR Phase II Project) अन्तर्गत बारबर्दिया नगरपालिकामा १ वटा, मधुवन नगरपालिकामा १ वटा, गुलरिया नगरपालिकामा १ वटा र ठाकुरबाबा नगरपालिकामा १ वटा गरि जम्मा ४ वटा बिद्यालयहरुमा लैङ्गिक तथा अपांगता मैत्री शौचालय भवन निर्माण गर्नुपर्ने भएकोले भवनको सम्पूर्ण सामाग्री सहित प्रस्ताव आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपशिलको शर्तपुरा गर्ने फर्मले यो सुचना प्रकाशित मितिले १४(चौध) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) शिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । प्रस्ताव आह्वानको नमुना फारम/विवरण तथा तल उल्लेख गरिएको लिंकबाट Download गरि लिन सकिने छ ।

Links:

Terms of Reference (ToR) Toilet Construction

Design for Toilet Construction

पेश गर्नुपर्ने आवश्यक कागजातहरु:

१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी

२. आ.व.२०८०/०८१को कर चुक्ता प्रमाण पत्रप्रतिलिपी

३. स्थायी लेखानम्बर प्रमाण पत्रप्रतिलिपी

४. प्रस्तावकले यस अघि गरेको समानकामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी

५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुनआउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (BID Security Money संलग्न गर्नुपर्नेछ ।

६. प्राविधिक प्रस्ताव (Technical Proposal) पास भएपछि मात्र बित्तिय प्रस्ताव (Financial Proposal) को मुल्याङ्कन गरिनेछ ।

७. प्रस्तावना मिति २०८१।११।१२ गते सोमवार दिउँसो १२:०० बजे भित्र पेश गर्नुपर्ने छ ।

८. चार वटा शौचालय निर्माणको बिवरण तपसिल बमोजिम रहेको छ । 

तपशिल

क्र.सं.बिधालयको नामठेगानाकैफियत
हिमाली आधारभुत बिधालयगुलरिया–७, चौगुर्जी१ वटा शौचालय
हिमालय आधारभुत बिधालयठाकुरवावा–३, मिर्चैया१ वटा शौचालय
जनप्रिय आधारभुत बिधालयबारबर्दिया–५ जब्दहवा१ वटा शौचालय
शहिद आधारभुत बिधालयमधुवन–२ गंगापटुवा१ वटा शौचालय

९. छनौट प्रकृयाको सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया , बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगीदेवी  मार्ग

सम्पर्क नम्बरं.–०८४–४२०२७४

सम्पर्क ब्यक्ति .– ९८६६२३०२२१

Email: sarojtharu.rkjs@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check details
Education Please check details
Posted Date 11 Feb, 2025
Apply Before 24 Feb, 2025
City Bardiya