बोलपत्र आह्वानको सुचना
Details / requirements:
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल
खाँडाचक्र नगरपालिका– ०१, कालीकोट
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मिति: २०८१ माघ २७)
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल) कालीकोट र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “राष्कोट महिनावारी स्वच्छता तथा वास सुधार परियोजना (RWMIP)” अन्तर्गत कालीकोट जिल्लाको राष्कोट नगरपालिकाको २ वटा बिद्यालयहरुमा अपांग तथा लैंगिक मैत्री शौचालय निर्माण तथा ४ विद्यालयको धारा तथा वास सुविधा मर्मत सम्भारको लागि यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक सिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।
पेश गनुपर्ने आवश्यक कागजातहरु:
१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी
२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी
३. आ.व.२०८०/०८१ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी
४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter) संलग्न गर्नुपर्नेछ ।
६. प्रस्ताव आह्वानको फारम, शर्तहरु (TOR) तथा BOQ २०८१।११।१० गते सम्म कार्यालय समय भित्र उपलब्ध हुनेछ ।
७. बोलपत्र पेश गर्ने अन्तिम मिती २०८१।११।११ गते कार्यालय समय (वेलुकी ५ वजे) रहेको तथा उक्त बोलपत्र मिति २०८१।११।१२ गते दिनको ११:०० वजे खोलिने छ ।
८. भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ ।
तपसिल
विड नं. | बिद्यालयको नाम | ठेगाना | निर्माण संरचना | कैफियत |
1/HuR/81-82 | मालिका आधारभुत विद्यालय | राष्कोट नगरपालिका–३, कालीकोट | ३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
2/HuR/81-82 | सुन्दर आधारभुत विद्यालय | राष्कोट नगरपालिका–१, कालीकोट | ३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
3/HuR/81-82 | बडिमालिका माध्यमिक विद्यालय | राष्कोट नगरपालिका–५, कालीकोट | ईन्टेक, पाइपलाइन खन्ने, पुर्ने ६ वटा धारा भएको हात धुने स्थान/WASH सुविधा मर्मत तथा सम्भार (Package 2) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
4/HuR/81-82 | कालिका आधारभुत विद्यालय | राष्कोट नगरपालिका–१, कालीकोट | ईन्टेक, पाइपलाइन खन्ने, पुर्ने ६ वटा धारा भएको हात धुने स्थान/WASH सुविधा मर्मत तथा सम्भार (Package 2) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
5/HuR/81-82 | मोतिराम माध्यमिक विद्यालय | राष्कोट नगरपालिका–२, कालीकोट | ईन्टेक, पाइपलाइन खन्ने, पुर्ने ६ वटा धारा भएको हात धुने स्थान/WASH सुविधा मर्मत तथा सम्भार (Package 2) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
6/HuR/81-82 | शम्भुनाथ आधारभुत विद्यालय | राष्कोट नगरपालिका–४, कालीकोट | ईन्टेक, पाइपलाइन खन्ने, पुर्ने ६ वटा धारा भएको हात धुने स्थान/WASH सुविधा मर्मत तथा सम्भार (Package 2) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
नोट:
- वोलपत्रको विस्तृत TOR, BOQ and Design यहाँबाट डाउनलोड गर्न सकिनेछ वा संस्थाको मुख्य कार्यालय मान्मा, कालिकोटवाट पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले नै जानकारी गराईने छ ।
- स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइनेछ ।
- दर रेट दिदा निर्माण ठेकेदार कम्पनीले विद्यालय क्षेत्रको भौगौलीक अवस्था अवलोकन गरी कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
- विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।
वोलपत्र पेश गर्ने ठेगाना:
खरिद समिति
हुरेन्डेक नेपाल
खाडाचक्र ०१, मान्मा, कालिकोट
फोन न.: ०८७–४४०१५२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 09 Feb, 2025 |
Apply Before | 23 Feb, 2025 |
City | Kalikot |