बोलपत्र आह्वानको सुचना

Social Awareness Center SAC Nepal

Details / requirements:

बोलपत्र आह्वानको सुचना

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

प्रथम पटक प्रकाशित मिति २०८१।१०।२० गते 

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो विगत २९ वर्ष देखि विभन्न सझेदार संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेकोछ । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, खानेपानी सरसफाई, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ । 

समाज जागरण केन्द्र (स्याक) नेपाल प्लान इन्टरनेशनल नेपालको साझेदारीमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी  नगरपालिका र ठुलिभेरी नगरपालिकामा  किशोरी शसक्तिकरण परियोजना संचालित गर्दै आइरहेको छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री उपलब्ध गराउन सक्ने फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि बोलपत्र आवहन गरिन्छ । 

बोलपत्र आव्हानका सम्बन्धि शर्तहरुः

१.     बोलपत्र आव्हानका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः 

  • कर चुक्ताको प्रमाण पत्र (२०८०/२०८१) को प्रतिलिपि  
  • भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि

२.     छनौटका आधारहरुः

क)  कानुनी प्रक्रिया पुरा गरेको

ख)  सामग्रीको मूल्य: ८० अंक्

ग)   क्षमता: २० अंक

   अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक

   आ) आपूर्ति गर्न सक्ने समय ५ अंक

   इ) कार्य अनुभव: २.५ अंक

   ई) मौज्दात, कारोवार: २.५ अंक

३.     ढुवानी/आपूर्तिका र अन्य शर्तहरुः 

समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यक्रम संचालन गरेको स्थान

१ त्रिपुरासुन्दरी न.पा बजार देखि दुनै बजार सम्म १६ किलोमिटर

२ त्रिपुरासुन्दरी न.पा बजार देखि जनप्रभा बिधालय लिखु ६ किलोमिटर

३ त्रिपुरासुन्दरी न.पा बजार देखि मुक्तेसोर बिधालय ८ किलोमिटर

४ त्रिपुरासुन्दरी न.पा बजार देखि माझफाल १४ किलोमिटर

५ त्रिपुरासुन्दरी न.पा बजार देखि थार गाउँ  २० किलोमिटर

६ त्रिपुरासुन्दरी न.पा बजार देखि मधु ६  किलोमिटर

७ त्रिपुरासुन्दरी न.पा बजार देखि जुफाल  १२ किलोमिटर

८ त्रिपुरासुन्दरी न.पा बजार देखि कायटेचौर  २ किलोमिटर

९ त्रिपुरासुन्दरी न.पा बजार देखि शु १० किलोमिटर

१० त्रिपुरासुन्दरी न.पा बजार देखि  कस्तुरी बिधालय  ६ किलोमिटर  र सम्म ढुवानीसहितको आपूर्ति गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड÷अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।

सामग्रीहरुको विवरण अनुसुचि १ मा संलग्न गरिएको छ ।

  • बोलपत्र  पठाउदाको प्रत्येक पेजमा अनिवार्य रुपमा हस्ताक्षर र छाप हुनु पर्नेछ । यदि पेश गरेको बोलपत्र   छाप र हस्ताक्षर नभएमा कोटेशन रद्द गर्ने अधिकार संस्थामा निहित रहने छ ।  
  • बोलपत्र पठाउदा दिइएको सामग्रीको शिलबन्दी गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन । बोलपत्र  आव्हान फाराम संस्थाको केन्द्रिय कार्यालय सुर्खेतमा  आइ दर्ता गराउनु पर्नेछ । वा इमेलमार्फत पासवाड राखि पिडिएफ फम्याटमा पठाउनु पर्नेछ । 
  • यदि संस्थालाई थप सामाग्री आवश्यक भएमा ३ महिना भित्र थप अडर गर्न सक्ने छ । थप अडर गर्दा आपूर्तीकर्ता सोही दर रेटमा उपलब्ध गराउनु पर्ने छ । 
  • सामग्रीको गुण, विशेषता वा विशिष्टिकरण र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ । 
  • म्याद नाघी प्राप्त भएका वा रित नपुगेका बोलपत्रका फारामहरु मान्य हुने छैन र त्यस्ता खाले बोलपत्र फारामहरु  रद्द गरिनेछ । 
  • बोलपत्र फाराममा उल्लेख गरिएका सम्पुर्ण सामग्रीहरुको दर रेट उल्लेख भएको हुनुपर्नेछ । यदि कुनै सामग्रीको दररेट उल्लेख नगरेमा त्यस्ता बोलपत्र फरामहरु  रद्द गरिने छ ।
  • सप्लाई तथा ढुवानी  गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च सप्लायर स्वयम्ले नै व्यहोर्नु पर्ने छ ।
  • प्रति इकाई मुल्यमा र परिमाणको गुणा वा जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइने छ । 
  • यदि प्रति एकाई मुल्यमा केरमेट भएमा सहिछाप अनिवार्य लगाउनु पर्ने छ । 
  • प्रस्तावकले प्रस्ताव गरेको  जम्मा मुल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानि पत्र (Bank Guaranty) संलग्न हुनु  पर्नेछ।

४. भूक्तानीः  

  • संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।

५. सामग्री उपलब्ध गराउने समय (समय स्पष्ट खुलाउनु पर्नेछ) 

(१) अर्डर गरेको २० दिन भित्र उपलब्ध गराउनु पर्ने छ 

६. कार्यअनुभव (कार्यअनुभव स्पष्ट खुलाउनु पर्नेछ) 

(१) कार्यअनुभव छ/कार्यअनुभव छैन (यदि छ भने सम्झौता वा विल को नमुना कपी राख्नुपर्नेछ)

७.     गुणस्तरको निश्चितता तथा आपूर्ति

  • विवरण (Specification) मा उल्लेख भए बमोजिम गुणस्तरीय सामानहरु आपूति गर्नु पर्नेछ ।
  • बोलपत्रमा उल्लेख भएका सामग्रीहरु नेपाल वा विदेशी राष्ट्रको मान्यता प्राप्त निकायले प्रदान गरेको मापदण्ड बमोजिम गुणस्तर चिन्ह प्राप्त गरेको हुनु पर्नेछ ।
  • कुनै अतिरिक्त खर्च वेगर प्रस्तावित खरिदका लागि निर्धारित  गुणस्तर (स्पेसिफिकेशन) बमोजिमका सामान हो होइन भन्ने निश्चित गर्न निरीक्षण, परीक्षण गर्न पाउने अधिकार खरिदकर्तालाइ हुनेछ । उक्त निरीक्षण, परीक्षण आपुर्तिकर्ताको गोदाम वा पसल वा ढुवानी गर्नु पर्ने स्थानमा हुन सक्नेछ । उक्त निरीक्षण, परीक्षणका लागि खरिदकर्ताले प्रतिनिधि तोक्न सक्ने छ । साथै सामग्री ढुवानी पुर्व वा ढुवानी हुने स्थानमा सामग्री चेक जांच गराउने जिम्मेवारी आपुर्तिकर्ताको पनि हुनेछ ।
  • निरीक्षण, परीक्षण गरिएको कुनै सामान स्पेसिफिकेशन बमोजिम रहेको छ भन्ने कुरा सुनिश्चित नभएमा खरिदकर्ताले यस्तो सामान अस्वीकार गर्न सक्नेछ र आपूर्तिकर्ताले त्यस्का सट्टा स्पेसिफिकेशन बमोजिम हुनेगरी त्यस्तो सामान प्रतिस्थापन गर्नु पर्नेछ ।

८.     मूल्याङ्कन तथा तुलना

  • बोलपत्रमाको मूल्याङ्कन कागजातमा उल्लिखित सवै शर्तहरु तथा प्रावीधिक स्पेशिफिकेशनको सोही कागजातमा उल्लिखित आधार र तरिका अनुसार परीक्षण गरी सारभूतरुपमा प्रभावग्राही भए नभएको मूल्याङ्कन गर्नेछ ।
  • बोलपत्रदाताले सन्तोषजनक रुपमा सामग्री आपूर्ति गर्न नसक्ने गरी अस्वाभाविक न्यून दर उल्लेख गरेको वा सामग्रीको प्राविधिक स्पेसिफिकेशन गलत रुपमा बुझी वा नबुझी अस्वाभाविक न्यून कबोल अङ्क उल्लेख गरेका भएमा सम्बन्धित दरभाउपत्रदातासँग स्पष्टीकरण माग गर्न सकिनेछ
  • खरिदकर्ताले बोलपत्र सम्बन्धी कागजातमा उल्लेखित सवै शर्तहरु पूरा गरेको प्रत्येक सारभूतरुपमा प्रभावग्राही बोलपत्रहरुको मूल्याङ्कित रकम अर्को दरभाउपत्रको मूल्याङ्कित रकमसंग तुलना गरी न्यूनतम अंक कबोल गर्ने सिलवन्दी दरभाउपत्र निधारण गर्नू पर्नेछ ।

बोलपत्र सम्मबन्धी थप जानकारिको लागि दिएको लिङ्क वाट डाउनलोड गर्नुहोस।

https://drive.google.com/file/d/1K1pUclWAWJYBvx112q3Rpaxp4VGLaR05/view?usp=sharing

९.     बोलपत्र पठाउने अन्तिम मिति र ठेगानाः 

  • बोलपत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८१ फागुन १० गते गते दिउसो १२ः०० बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेत  हाड कपि शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएपनि उक्त दिन कार्यलय खुल्ले भएकोले सोही दिन १२ः०० बजे भित्र पेश गर्नहुन समेत जानकारी गराईन्छ । 
  • बोलपत्र खोल्ने समय २०८१ फागुन १० गते दिनको १२ः३० बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त बोलपत्रहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न वाधा पर्ने छैन ।
  • बोलपत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।
  • आफूले बोलपत्र भरेको सामग्रीको फोटा समाबेश गर्न सकिनेछ । संस्थालाई थप जानकारी लिन आवश्यक परेमा स्याम्पल पिस पनि माग गर्न सक्नेछ । 
  • छनौट भएका आपूर्तीकर्ताले माग गरिएको सामग्रीहरु उपलब्ध गराउन असमर्थ रहेमा संस्थाले कालोसूचिमा राख्न सक्नेछ ।  
  • यस बाहेक थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं.०८३–५२१२८२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिने  छ 

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 02 Feb, 2025
Apply Before 16 Feb, 2025
City Surkhet