बोलपत्र आह्वानको सूचना
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु ।
“न्यून आय भएका र संकटासन्न समुदायहरूको उत्थानशिलता अभिबृद्धि” परियोजना बोलपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: २०८१।०७।२९
दोश्रो पटक सुचना प्रकाशन मिति: २०८१।०८।११
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिका तथा कपिलवस्तु जिल्लाको मायादेबी र शुद्धोधन गाँउपालिकामा लाभग्राहीहरुका लागि कृषि सिचाई कार्यक्रमको लागि कृषि सिचाई (पम्पसेट) बोरिङ्ग निर्माणको कार्य गर्नुपर्ने भएकोले सो सम्बन्धित कार्य गर्नका लागि बोलपत्र प्रस्ताव आव्हान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक बोलपत्र आह्वान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०८।१७ गते तदनुसार २ डिसेम्बर २०२४ मा बेलुका ४:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८१।०८।१८ गते दिउँसो ११:०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिने छ ।
नोट:
१. बोलपत्र फाराम यस कार्यालयबाट कार्यालय समय भित्र वा यस कार्यालयको Email: lidoprocurementofficer@gmail.com मा सम्पर्क गरी प्राप्त गर्न सकिने छ ।
२. रुपन्देही र कपिलवस्तुमा २४/२४ गरी जम्मा ४८ वटा बोरिङ्ग जडान गर्नु पर्नेछ ।
३. कृषि सिचाई (पम्पसेट) बोरिङ्ग जडान/निर्माण कार्यको लागि कार्यादेश पाएको मितिले ३० (तिस) दिनको अवधि भित्र कार्य सम्पन्न गरी सक्नु पर्नेछ । समय सिमा भित्र कार्य सम्पन्न हुन नसकेको उपयुक्त कारण देखिएमा संस्थाले थप समय दिन सक्नेछ ।
४. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वतः अयोग्य हुनेछन ।
५. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।
६. कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ । (कम्तीमा १२० दिनको)
७. बोलपत्र सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ मंसिर १४ गते शुक्रबारका दिन दिउँसो २ बजे संचालन गरिने छ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
ईमेल: lidoprocurementofficer@gmail.com
सम्पर्क नम्बर: ०७६-५६११४५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 26 Nov, 2024 |
Apply Before | 02 Dec, 2024 |
City | Kapilvastu |