बोलपत्र आह्वान सम्बन्धि सूचना
Details / requirements:
बोलपत्र आह्वान सम्बन्धि सूचना
प्रथम प्रकाशन मिति: २०८१/०८/०७ गते
ITB No. : PCESP/JIDS/FY-2025/001
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा जाल्पा एकिकृत विकास समाज (JIDS) उदयपुरले यस जिल्लामा बाल स्पोन्सरसिप परियोजना सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.बं. २०८१/८२ को निम्ति तल उल्लेखित सामाग्रीहरूको खरिद तथा दिर्घकालिन सम्झौता गर्नु पर्ने भएकोले सम्बन्धित आपुर्तिकर्ताहरूलाई बोलपत्र मिति २०८१ मंसिर २० गते (सरकारी विदा परेमा त्यसको भोली पल्ट) कार्यालय समय भित्र कार्यालयमा पेश गर्न आह्वान गर्दछौँ ।
सामाग्री खरिद सम्बन्धि कार्यहरू
(नोट: नमुना सहित बोलपत्र पेश गर्न अनुरोध छ ।)
बोलपत्र साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१.यो सूचना प्रकाशन भएको मितीले १४ दिन भित्र ईच्छुक ईजाजतप्राप्त निर्माण कम्पनीहरूले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र, (३) आर्थिक बर्ष २०८०/८१ को कर चुक्ता प्रमाण पत्र साथै सम्बन्धीत काम गरेको कार्य अनुभवपत्रको प्रतिलिपिका साथ बुझाई बोलपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ ।
२. बोलपत्र सम्बन्धी फारम र कागजात यस संस्थाको मुख्य कार्यालय गाइघाटबाट प्राप्त गर्न सकिनेछ । साथै तल उल्लेखित इमेलमा कोटेशन फारमका लागि आवेदन पेश गरि अनुरोध गर्न सकिन्छ र सकल प्रति टेण्डर कागजात सँगै अनिवार्य पेश गर्नु पर्नेछ । बोलपत्रमा कबोल रकमको २ % रकम सँस्थाको बैंक खातामा जम्मा गरेको सक्कल भौचर वा बैंक ग्यारेन्टी पत्र सहित पेश गर्नुपर्नेछ ।
३. बोलपत्र सम्बन्धी कागजात रीतपूर्वक भरि प्रत्येक पानामा सहीछाप गरि लाहाछाप सहित शिलबन्दी गरि संस्थाको कार्यालय गाइघाटमा मिती २०८१/०८/२० गते बेलुकी ४ बजे सम्म बुझाई सक्नु पर्नेछ, समयावधी भन्दा पछि प्राप्त भएको बोलपत्र मान्य हुने छैन ।
यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ । बोलपत्र कार्यालयमा सम्पर्क गरि पेश गर्न सकिनेछ ।
सम्पर्क ठेगाना:
जाल्पा एकिकृत विकास समाज (JALPA) त्रियुगा न.पा. ११, उदयपुर फोन नं. ०३५ –४२२९२८ |
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 21 Nov, 2024 |
Apply Before | 05 Dec, 2024 |
City | Udayapur |