बोलपत्र आह्वान
Details / requirements:
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित)
मिति: २०८१।१२।१० गते
गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र टिडिएच फाउण्डेसनको साझेदारीमा सञ्चालित सफल परियोजना अन्तर्गत बाँसगढी नगरपालिकाको २ वटा विद्यालयको लागि खानेपानी प्रणाली निर्माण (Cooling प्रणाली सहितको वायो स्याण्ड फिल्टर) गर्नुपर्ने भएकोले निर्माण कार्यको सम्पूर्ण सामाग्री सहित प्रस्ताव आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपसिलको शर्त पुरा गर्ने फर्मले यो सुचना प्रकाशित मितिले ७ (सात) दिन भित्र (अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) आवश्यक कागजात सहित सिलबन्दी दरभाउ पेश गर्नुपर्न आह्वान गरिन्छ । बोलपत्र पेश गर्ने फारम/विवरण कार्यालयबाट उपलब्ध गराईने छ वा लिङ्क मार्फत डाउनलोड गर्न सकिनेछ ।
बोलपत्र पेश गर्ने फारम/विवरण
Link: https://drive.google.com/file/d/1mqxnMZlwsJvC2TC235gJ3kJ8d00zm3_r/view?usp=sharing
पेश गर्नुपर्ने आवश्यक कागजात:
१. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
२. आ.व.२०८०/८१ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी ।
३. मु.अ.कर दर्ता र स्थायी लेखा नम्बरको प्रतिलिपी ।
४. पूर्ण रुपमा अक्षर र अंकमा भरेको प्रस्ताव आव्हानको नमुना फारममा प्रोप्राइटरले सही गरी छाप समेत लगाएको ।
५. सन्दर्भ सर्तहरु (TOR) मान्न तयार रहेको सो मा कम्पनीको सही र छाप लगाएको ।
६. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी ।
७. बोलपत्र स्वीकृत भएको कम्पनी स्वयंले कार्य गर्नुपर्ने छ । पिटी ठेक्का दिन पाइने छैन ।
८. बोलपत्र स्वीकृत भएको कम्पनी स्वयंले निर्माण सम्बन्धि सम्पुर्ण सामाग्रीको व्यवस्था गर्नु पर्नेछ ।
पुनश्च: इच्छुक बोलपत्रकर्ताले मिति २०८१ चैत्र १५ गते सम्म कार्यालय समय भित्र फारम/विवरण लिई मिति २०८१।१२।१६ गते दिउसो १२:०० बजे भित्र पेश गर्नु पर्नेछ । निर्धारित समयपछि प्राप्त हुन आएका बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
थप जानकारीका लागि:
गेरुवा ग्रामीण जागरण संघ, बर्दिया
गुलरिया नगरपालिका वार्ड नं. ५ सन्तोषी टोल
सम्पर्क नम्बरं.–०४–४२००८७
सम्पर्क व्यक्ति –९८५११५८६७३
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 23 Mar, 2025 |
Apply Before | 29 Mar, 2025 |
City | Bardiya |