बोलपत्र आह्वान
Details / requirements:
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित)
मितिः २०८१।०७।१४ गते
स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन गर्न ठाकुरबाबा नगरपालिकाले गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र टिडिएच फाउण्डेसनको साझेदारीमा सञ्चालित सफल परियोजनाको साझेदारीमा ठाकुरबाबा नगरपालिकाका २ वटा स्वास्थ्य संस्थाहरूमा Double Chamber Incinerator निर्माणका लागि प्रस्ताव आह्वान गरिएको छ । तपसिलको शर्त पुरा गर्ने निर्माण कम्पनी वा फर्मलाई यो सूचना प्रकाशित मितिले १५(पन्ध्र) दिन भित्र (अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) आवश्यक कागजात सहित शिलबन्दी दरभाउ पेश गर्न सूचित गरिन्छ । बोलपत्र पेश गर्ने फारम/विवरण यो लिङ्क मार्फत डाउनलोड गर्न सकिनेछ । साथै भौतिक रुपमा उपस्थित भइ फारम लिन चाहनेका लागि साझेदार संस्थाको कार्यालयबाट गुलरियाबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
पेश गर्नुपर्ने आवश्यक कागजात:
१. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
२. मु.अ.कर दर्ता र स्थायी लेखा नम्बरको प्रतिलिपी ।
३. आ.व.२०८०/०८१ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
४. उपलब्ध फारममा निर्माण कार्यको सम्पूर्ण सामाग्री, दक्ष र अदक्ष कामदारको ज्याला र यातायात खर्च सहित पूर्ण विबरण तथा अक्षर र अंकमा रकम स्पष्ट भरेको प्रस्तावमा प्रोप्राइटरले सही गरेको र छाप लगाएको ।
५. सन्दर्भ सर्तहरू (TOR) मान्न तयार रहेको सो मा कम्पनीको छाप लगाएको र प्रोप्राइटरले सही गरेको ।
६. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी ।
७. बोलपत्र स्वीकृत भएको कम्पनी स्वयंले कार्य गर्ने स्वघोषणा पत्र ।
८. निर्माण कार्यमा प्रयोग हुने Fire Bricks (1300°C+) and fire cement (1300°C+) को नमुना ।
पुनश्चः इच्छुक बोलपत्रकर्ताले मिति २०८१ कार्तिक २३ गते सम्म कार्यालय समय भित्र फारम/विवरण लिई मिति २०८१।०७।२८ गते दिउसो १:०० बजे भित्र पेश गर्नु पर्नेछ । बोलपत्र संस्थाको नियम बमोजिम २०८१।०७।३० गते खोलिने छ । निर्धारित समयपछि प्राप्त हुन आएका बोलपत्र उपर कुनै कारवाही हुने छैन । Fire Bricks तथा Fabrication को कार्य गर्नु पर्ने भएको हुदाँ यस कार्यको लागि Double Chamber Incinerator निर्माण कार्यमा अनुभवी तथा दक्ष कामदारको प्रयोग गर्नु पर्नेछ ।
थप जानकारीका लागिः
ठाकुरबाबा नगरपालिकाको कार्यालय भौतिक निर्माण र स्वास्थ्य शाखा फोन नं. ९८४४८२२६८७ सम्पर्क व्यक्तिः ज्ञान बहादुर थारु | गेरुवा ग्रामीण जागरण संघ, बर्दिया गुलरिया नगरपालिका वार्ड नं. ५ सन्तोषी टोल सम्पर्क नम्बरं.–०८४–४२००८७ सम्पर्क व्यक्तिः ९८५११५८६७३ |
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 30 Oct, 2024 |
Apply Before | 13 Nov, 2024 |
City | Bardiya |