बोलपत्र आह्वान

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

बोलपत्र  आह्वान

(प्रथम पटक प्रकाशित)

मितिः २०८१/०५/२७ गते

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई मानव अधिकार, वाताववरण तथा जैविक विविधताको संरक्षण, पोषण तथा स्वास्थ्य, खानेपानी सरसफाई तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन, शिक्षा, जीविकोपार्जन र सामुदायीक विकासको क्षेत्रमा लुम्बिनी, सुदुर पश्चिम र कर्णाली प्रदेशमा क्रियाशिल गैरसरकारी संस्था हो । यस संस्थाले AWO International आर्थिक सहयोगमा सञ्चालित Early response to earthquake affected families in Jajarkot district, Nepal परियोजना अन्तर्गत नलगाड नगरपालिका वडा नं. १ ठुलाबगर, चिउरी, कल्पत, प्यारीपाखा र पालि का समूदायहरुको जीविकोपार्जन सहयोगमा सुधार गर्नका लागि तपशिलमा उल्लेखित कृषि सामाग्री र मर्मत सामाग्रीहरु खरिद गर्नुपर्ने भएकाले इच्छुक उत्पादक, अधिकृत विक्रेता, आपुर्ति कर्ता तथा वितरकहरु वाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र लाहाछाप शिलबन्दी खाममा बोलपत्र पेश गर्नका लागि यो सूचना आह्वान गरिएको छ ।

आपूर्ति गर्नुपर्ने मर्मत सामाग्रीहरूको विवरण तथा कृषि समाग्रीहरूका लागि तलको लिङ्क मार्फत जानुहोस्:

https://drive.google.com/uc?export=download&id=1ulQdjLGigYrbFB72TVEYtiaxK7nsPyfo

शर्तहरू:

१. बोलपत्र फारम संस्थाको कार्यालयमा उपस्थित भई प्राप्त गर्न सकिने छ वा तपशिलमा उल्लेखित ईमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिने छ र तोकिएको समय भित्र संस्थाको कार्यालयमा उपस्थित भई वा फोल्डरमा पासवर्ड राखेर तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ । 

२. उल्लेखित सामग्री मध्ये पूर्ण वा आंशिक रुपमा सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा बितरकहरुले बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण–पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्र, कर चुक्ता प्रमाण–पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण–पत्र पेश गर्नु पर्नेछ ।

३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्य भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन ।

४. बोल पत्रफाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंकमान्य हुने छैन ।

५. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा बितरकहरुले नै खरिद गरिने सामग्री जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. १ ठुलाबगर,चिउरी,कल्पत,प्यारीपाखा र पालि सम्म ढुवानी गरिदीनु पर्नेछ ।

६. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोली पल्ट १:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय्वम निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिने छ । तोकिएको दिनमा बोलपत्र दाता वानिजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्बजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

७. फारम बुझाउने अन्तिम मिति २०८१/०६/०२.गते ५:०० बजेसम्महुनेछ ।

८. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

९. थप जानकारी आबश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

१०. बोलपत्र स्वीकृत गर्ने वा रद्द गर्ने सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) बाँके मानीहित रहने छ ।

बोल पत्रफाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group),

नेपालगञ्जउप–महानगरपालीका वडा नं. १२, बेलाशपुर, बाँके

टेलीफोन नं.: ०८१–५५०२९५ मोवाईल नं.: ९८५८०२१०३३ र ९८४७८५२३५३

फाराम प्राप्तिका लागि अनुरोध गर्न: manu.rana@beegroup.org.np, manurananpj@gmail.com

इमेलबाट बोलपत्र पेश गर्नका लागि: beegroup.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 12 Sep, 2024
Apply Before 18 Sep, 2024
City Banke