बोलपत्र आह्वान
Details / requirements:
साझेदारी सहयोग केन्द्र पेस नेपाल, जुम्ला
मुख्य कार्यालय, चन्दननाथ नगरपालिका– ६, जुम्ला
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मिति: २०८१ साउन १७)
साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “आधार परियोजना” (AADHAR Project) र “ शसक्त बालिका परियोजना” (GSS Project) परियोजना अंतर्गत जुम्ला जिल्लाको हिमा गाउपालिकामा १ वटा, सिंजा गाउपालिकामा ३ वटा र कनकासुन्दरी गाउपालिकामा २ वटा विद्यालयहरुमा शौचालय निर्माण, हात धुने स्थान निमार्ण र पुर्न निर्माण गर्नु पर्ने भएकोले भवनको सम्पुर्ण सामाग्री सहित वोलपत्र आह्वान गर्न संस्थाको खरीद समितिको निर्णय वमोजिम तपशिलको शर्त पुरा गर्ने फर्मले यो सुचना प्रकाशित भएको मितीले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) रित पुर्वक सिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ । वोलपत्र कागजातको विवरण तल उल्लेख गरिएको लिङ्कवाट Download गरि लिन सकिने छ ।
पेश गनुपर्ने आवश्यक कागजातहरु:
१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी
२. स्थायी लेखा नम्बर प्रमाण पत्रप्रतिलिपी
३. आ.व.२०७९/०८० को कर चुक्ता प्रमाण पत्रप्रतिलिपी
४. प्रस्तावकले यस अघि सिफारिस गरेको समानकामको अनुभवहरुको कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guaranty) संलग्न गर्नु पर्नेछ ।
६. प्रस्ताव आह्वानको नमुना फारम सन्दर्भ शर्तहरु (TOR) २०८१।०४।३० गते सम्म कार्यालय समय भित्र उपलब्ध हुनेछ ।
७. प्रस्तावना यस बोलपत्रको अन्तिम मिती २०८१।०४।३१ गते दिउसो ५:०० बजे भित्र पेश गर्नुपर्ने छ । साथै र वोलपत्र मिति २०८१।०४।३२ गते दिनको दिउसो ११:०० वजे खोलीने छ ।
निर्माण सामग्रीको प्याकेज वृस्तृत स्थान ठेगाना परियोजना विवरण तपसिल बमोजिम रहेको छ ।
तपसिल
नोट:
- दातृनिकाय वाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हुने छ रद्ध गने अधिकार संस्थामा रहने छ ।
- स्थानिय निमार्ण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइनेछ
- दर रेट दिदा निमार्ण ठेकेदार कम्पनीले विद्यालय क्षेत्रको भगौलीक अवस्था अवलोकन गरी कागजात पेश गर्नुपर्नेछ ।
वोलपत्र कागजात विवरणको लागी तलको लिङ्क जानुहोस् ।
Link: https://drive.google.com/drive/folders/14-4EmZYPmji_BgTI4-ikis80BuNdQwwL?usp=drive_link
खरिद समीती
पेस नेपाल
चन्दननाथ नगरपालिका ६ जुम्ला
फोन न.: ०८७–५२०२४१
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 01 Aug, 2024 |
Apply Before | 15 Aug, 2024 |
City | Jumla |