बाल संरक्षण घटना कार्यकर्ता (Child-protection Case Workers)
Details / requirements:
रतौली युवा क्लब
बाल संरक्षण घटना कार्यकर्ता (Case Workers) आवश्यकता सम्बन्धी सूचना
प्रकाशित मिति: २०८१/१२/१०
रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक स्थानीय नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ८ दिनभित्र आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदन तल उल्लेखित ठेगानामा वा ईमेल मार्फत पठाउन आह्वान गरिन्छ ।
१) पद: बाल संरक्षण घटना कार्यकर्ता (Child-protection Case Workers) - ४ जना
(वि.नं: १९-०८१/०८२)
न्यूनतम् योग्यता
- कम्तिमा १०+२ वा सो सरह सामाजिक विज्ञान तथा सो सरह पास भएको ।
- बाल संरक्षण घटना व्यवस्थापन संबन्धी कम्तीमा ३-दिने तालिम लिएको ।
- बाल संरक्षण घटना व्यवस्थापन संबन्धी कार्यहरुमा कम्तीमा ६ महिनाको अनुभव भएको ।
- बाल संरक्षण कानून तथा प्रक्रियाहरू बारे राम्रो ज्ञान भएको ।
- आत्मनिर्भर भई कार्यहरु गर्न सक्ने तथा स्थानिय निकायसँग समन्वय र सहकार्य गर्ने क्षमता भएको ।
- नेपाली भाषामा मौखिक र लिखित सञ्चार सीप भएको ।
- स्थानीय भाषा बोल्न र लेख्न सक्ने भएको ।
नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक परीक्षाहरुको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
पदको विस्तृत कार्य-विवरण: JD_CASE-WORKER
दरखास्त दिने अन्तिम मिति: २०८१।१२।१७ गते साँझ ५:०० बजेसम्म ।
आवेदनका लागि: रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर-२, महोत्तरी ।
वा
Overview
Category | Development and Project, Development / NGO |
Openings | 4 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 23 Mar, 2025 |
Apply Before | 30 Mar, 2025 |
City | Mahottari |