प्रस्तावना सम्बन्धी सूचना

Social Awareness Center SAC Nepal

Details / requirements:

 प्रस्तावना सम्बन्धी सूचना । 

(प्रथम पटक प्रकाशित मितिः २०८०।०५।१० गते)

(दोस्रो पटक प्रकाशित मितिः २०८०।०५।२२ गते)

(तेस्रो पटक प्रकाशित मितिः २०८०।०६।०१ गते)

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ । 

स्थानीय जलवायु कार्यहरु मार्फत मानव सुरक्षा सुदृढ परियोजनाले स्थानीय सरकार र जोखिम समुदायको विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तन अनुकुलनको क्षमतालाई सुदृढ गरिनेछ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाँउपालिकाका स्थानीय जलवायु कार्यहरु मार्फत जलवायु परिवर्तन जोखिमबाट मानव सुरक्षा अभिबृद्धि गरिनेछ ।

गर्नु पर्ने मुख्य कामः तालिममा सहजीकरण 

आवश्यक संख्या र तालिमको विवरणः


तालिम संचालन गर्नु पर्ने अवधिः  २०८०।०६।५ देखि २०८०।०८।३० सम्म

तालिम संचालन गर्ने स्थानः जाजरकोट जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाँउपालिका 

तालिमका प्रकृति स्वयम सेवकहरुको  क्षमता अभिबृद्धि तालिम 

प्रस्तावना ढाँचाः https://docs.google.cortpof=true&sd=true

स्थायी आवास तथ शिविर व्यबस्थापन

प्रस्तावना पेश गर्ने दिने विधिः

प्रस्तावना पेश गर्न इच्छुक सहजकर्ता तथा फर्महरुले आवश्यक कागजात ( फर्मको हकमा करचुक्ता आव २०७९/८०, अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण) सहित शिलबन्दी वा इमेल मार्फत PDF मा पासवर्ड राखि प्रस्तावना पेश गर्न हुन जानकारी गराईन्छ । प्रस्तावनाको ढाँचा संस्थाबाट, स्याक नेपालको वईवसाइड वा अनलानई प्राप्त गर्न सक्नु हुनेछ । प्रत्येकको छुट्टा छुटै प्रस्तावना पेश गर्नु पर्ने छ ।  प्रस्तावना पेश गर्ने अन्तिम मिति २०८०।०६।०३ गते साझ ५:०० बजे सम्म रहनेछ । इमेलमार्फत प्रस्तावना पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि प्रस्तावना पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएमा लगतै कार्यालय खुलेको दिन कार्यालय समयमा पेश गर्नहुन समेत जानकारी गराईन्छ ।   

 म्याद नाघी आएका  प्रस्तावनाहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र खरिद उपसमितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । 

आवेदन पेश गर्ने इमेल: vacancysac1995@gmail.com

प्रक्रिया पुरा गरेका सहजकर्तासंग थप जानकारी तथा अन्तरक्रिया गर्न सकिनेछ । 

थप जानकारीका लागि 

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

सम्पर्क नं. ०८३ ५२१२८२

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 17 Sep, 2023
Apply Before 20 Sep, 2023
City Surkhet