आशय पत्रका लागि सूचना
JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.
Details / requirements:
आशय पत्रका लागि सूचना
प्रथम पटक प्रकाशित मितिः २०८०।०७।१६ गते
जानकी महिला जागरण समाज (JWAS) ले प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारी र धनुषा जिल्लामा कार्यक्रम सञ्चालित पालिकाहरूसँगको समन्वयमा धनुषा जिल्लाको सबैला, शहिदनगर, विदेह, कमला र जनकनन्दनी पालिकाहरूमा सञ्चालित दक्ष युवा परियोजना अन्तर्गत १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूलाई रोजगार तथा स्वरोजगारमुलक तालिमहरू (CTEVT मान्यता प्राप्त) प्रदान गर्नका निम्ति यस संस्थालाई यसै सूचना बमोजिमको Term of Reference (ToR) मा उल्लेख भएका तालिमहरू आवश्यक्ता अनुसार एकैपटक वा पटक पटक गरी सञ्चालन गर्नुपर्ने भएकोले सम्बन्धित इच्छुक इजाजत प्राप्त सेवा/तालिम प्रदायक दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरूबाट यस संस्थाको तल उल्लेखित कार्यालयको ठेगानामा पेश गर्ने गरी संस्थागत विवरणका साथै प्राविधिक तथा आर्थिक प्रस्ताव सहितको शिलबन्दी आवेदन आगामि मिति २०८० कार्तिक २४ गते कार्यालय समय भित्र पेश गर्नका लागि आह्वान गर्दछौँ ।
१. आवेदन यस जानकी महिला जागरण समाज (JWAS) को जनपुरधाम उप महानगरपालिका वडा नं ४, कटैयाचौरी जानेबाटो स्थित कार्यालयमा तोकिएको मितिसम्म कार्यालय समय विहान १०:०० बजेदेखि साँझ ०५:०० बजेसम्म पेश गर्न सकिने छ ।
२. सम्बन्धित सेवा प्रदायक/तालिम प्रदायकले दर्ताको लागि पेश गरेको सिलबन्दी आवेदन सहितको खाम बाहिर आफनो फर्म, कम्पनी वा संस्थाको नाम, ठेगाना र आवेदनको प्रयोजन समेत उल्लेख गर्नु पर्ने छ
३. सम्बन्धित सेवा प्रदायक/तालिम प्रदायकले तयार गरेको प्राविधिक तथा आर्थिक प्रस्ताव अनिवार्य रुपमा अलग अलग खामभित्र शिलबन्दी गरी दुवै सिलबन्दी खामलाई अर्को एउटा खामभित्र पून सिलबन्द गरी पेश गर्नु पर्ने छ ।
४. आवेदनका लागि इच्छुक सेवा/तालिम प्रदायकहरूले आर्थिक प्रस्तावको ढाँचा, सञ्चालन हुने तालिमहरूको विवरण सहितको Terms of reference (ToR) प्राप्त गर्न यस संस्थाको vacancyjwas@gmail.com इमेल ठेगानामा इमेल मार्फत अनुरोध गरेमा यथासक्य चाँडै इमेल मार्फत नै उपलब्ध गराइनेछ ।
प्राविधिक र आर्थिक प्रस्ताब सहितको आवेदन साथ संलग्न गर्नुपर्ने अनिवार्य कागजातहरू:-
क) कम्पनि तथा फर्म नविकरणको कागजातको प्रतिलिपि
ख) आर्थिक वर्ष २०७८।०७९ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि
ग) PAN वा VAT दर्ताको प्रमाणपत्रको प्रतिलिपि
घ) कम्पनि तथा फर्मको प्रोफाइल
ङ) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) सँगको आवद्धताको प्रमाण पत्रको प्रतिलिपी
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 02 Nov, 2023 |
Apply Before | 10 Nov, 2023 |
City | Janakpurdham |