ARH GESI Officer

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

विज्ञापन प्रकाशित मितिः  २०८१/०६/२१

बागमती सेवा समाज नेपाल जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता तथा समाज कल्याण परिषदमा आवद्ध रही समुदायको परिचालन मार्फत मानव अधिकार तथा समाजिक न्यायको सुनिश्चितता, माग तथा अधिकारमा आधारित विकास परियोजना तथा पैरवी लगायतका क्रियाकलाप संचालन गरी सिमान्तकृत समुदायको जीवनस्तरमा गुणात्मक एवं उल्लेख्य सुधार ल्याउन तल्लिन रहेको एक गैरसरकारी संस्था हो । सिमान्तकृत तथा संकटाशन्न समुदायलाई आफ्नो लक्षित समूह बनाई समाज रुपान्तरणको २७ वर्ष लामो यात्रा पार गरेको यस संस्थाले विभिन्न सरकारी तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निकाय तथा विकास साझेदारहरु संगको साझेदारी तथा सहकार्यमा मधेश प्रदेश लगायत देशका १७ वटा जिल्लाहरुमा काम गर्दै आएको छ । मुख्यतः यस संस्था मानव अधिकार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, महिला तथा बालबालिका, वातावरण, लघुउद्यम विकास, कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक पूर्वाधार आदि जस्ता क्षेत्रहरुमा काम गरी ग्रामिण क्षेत्रमा वसोबास गर्ने सिमान्तकृत तथा पहुँचशुन्य समुदायको सामाजिक तथा आर्थिक जीवन सुधार गर्नका लागि प्रतिवद्धता सहित त्यस्ता समुदायको परिचालन मार्फत निरन्तर सहयोग पुर्याउँदैआइरहेको छ ।

CARE NEPAL  को नेतृत्वमा Associations of Youth Organizations Nepal -AYON_, Howard Delafield International, Jhpiego and CRS Company तथा बागमती सेवा समाज नेपालको संयुक्त साझेदारीमा संचालित ”USAID Adolescent Reproductive Health” परियोजना १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हाँसिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशोरीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा स्वस्थ निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नु रहेको छ ।

यो कार्यक्रम सर्लाही जिल्लाका आठ वटा पालिकाहरुः (१) ईश्वरपुर नगरपालिका (२) बरहथवा नगरपालिका (३) कविलासी नगरपालिका (४) चन्द्रनगर गाउँपालिका (५) हरिपुर  नगरपालिका (६) हरिपुर्वा नगरपालिका (७) ब्रह्मपुरी गाउँपालिका र (८) मलङ्वा नगरपालिका  पालिकामा  संचालन हुनेछ । यस कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड पुगेका नेपाली नागरिकहरुले आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।

क्र.सं.पद र संख्यायोग्यता तथा जम्मेवारीहरु
ARH GESI Officer- 1 No. based in Palika, Sarlahi

न्यूनतम योग्यता, अनुभव तथा सिपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, नर्सिङ्ग, महिला तथा लैंगिक समानता वा समाज शास्त्र) मा स्नातकतह उतिर्ण गरि लैंगिक समानता तथा सामाजिक समावेशिकरण, परिवार नियोजन, प्रजनन् स्वास्थ्य तथा किशोरकिशोरीको क्षेत्रमा २ वर्ष को कार्य अनुभव भएको ।

मुख्य भूमिका र जिम्मेवारीहरुः नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरि किशोरकिशोरी प्रजनन् स्वास्थ्य नीतिहरुको स्थानियकरण र GESI को मुलप्रवाहीकरणका लागि योजना तयार गर्न सहजिकरण गर्ने, संयोजकसँग समन्वयमा बैठक, तालिम र कार्यशालाहरु आयोजना गर्ने ।

विस्तृत कार्य विवरणः JD_BWSN_ARH and GESI Officer

इच्छुक उम्मेदवारहरूले पेश गर्नुपर्ने आवश्यक कागजातहरुः

  • व्यक्तिगत विवरण (Biodata) र बायोडाटामा एक प्रति पासपोर्ट साइजको फोटो राखेको हूनुपर्ने । विवरणमा पहिले काम गरेको निकायबाट २ जना सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नं., ईमेल, कार्यालय र पद उल्लेख गर्नुपर्ने ।
  • शैक्षिक योग्यताका प्रमाणपत्र, तालिमका प्रमाणपत्रहरु, अनुभवको पत्र र नेपाली नागरिकताको प्रमाणपत्र १/१ थान ।
  • प्रतिलिपिहरुलाई सम्बन्धित आवेदकले स्वयं प्रमाणित गरिएको हूनुपर्ने छ ।
  • आवेदकले निवेदनमा अनिवार्य अपेक्षित तलब उल्लेख गरि माथि  उल्लेखित कागजातहरु फाईलमा राखेर कार्यालयमा उपस्थित भई पेश गर्नुपर्नेछ वा ईमेल मार्फत आवेदन पेश गर्न चाहने आवेदकहरुले सबै प्रमाण पत्रहरुलाई एउटा पिडिएफ फाईल बनाई ईमेल पठाउनुपर्ने छ । अनलाईन आवेदन पेश गर्न संस्थाको ईमेल bwsn.hr@gmail.com मा पठाउनु पर्नेछ ।

छनौट प्रक्रियाः छोटो सूचि प्रकाशन, लिखित र अन्तरवार्ता गरिनेछ ।

बागमती सेवा समाज नेपाल कुनैपनि प्रकारको दुव्र्यवहार र शोषणमा शुन्य सहनशिलता अपनाउँदछ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका वयस्कहरूलाई हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं ।

सबै उम्मेद्वारहरूले परियोजना सम्झौतामा समेटिएका व्यक्तिको प्रावधानहरूमा बाल सुरक्षाको पालना गर्नुपर्छ । बागमती सेवा समाज नेपालका नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, बागमती सेवा समाज नेपालको आचार संहिताको सुरक्षा मापदण्ड, गुनासो व्यवस्थापन, बाल संरक्षण र नो हार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना सुनिश्चित गर्नुपर्छ । साथै गुनासो र समस्याहरूको गम्भीरता हेरी तत्काल सम्बोधन गरिन्छ । परियोजना जिल्लाका बासिन्दाहरू तथा विपन्न समूहका योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।

नोटः महिला, दलित, जनजाति र समाजमाा पछाडि पारिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, सिमान्त कृत वर्ग, बञ्चिति करणमा परेको वर्ग तथा स्थानिय लाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरु लाई मात्र लिखित तथा मौखिक छनौट प्रकृयामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । संस्थाले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ । आवेदन दिने अन्तिम मिति २०८१/०६/३० गते दिनको ५ः०० बजे सम्म । अनलाईन आवेदन पेश गर्न संस्थाको ईमेल bwsn.hr@gmail.com मा पठाउनुहुन अनुरोध छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५ः०० बजेसम्म ।

यो सूचना मिति २०८१ अशोज २१ गते Jobs Nepal Dot Com  को बेबसाईटमा प्रकाशित गरिएको छ ।

ठेगानाः

बागमती सेवा समाज नेपाल, हरिवन–११, USAID/ARH परियोजना कार्यालय करडिया चोक

फोनः ०४६–५३०५०१/मो.नं. ९८५४०२८८७५

गुनासो वा सुझावको लागि ईमेलः complaintregister.bwsn@gmail.com

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 2+ years
Education Graduate (Bachelors)
Posted Date 08 Oct, 2024
Apply Before 16 Oct, 2024
City Sarlahi