ARH Facilitator

Ratauli Yuba Club (RYC)

Details / requirements:

रतौली युवा क्लब, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सुचना

प्रथम पटक सुचना प्रकाशित मिति: २०८१–०५–२३

आवेदन दिने अन्तिम मिति: २०८१–०५–२९ गते बेलुका ५:०० बजे सम्म

रतौली युवा क्लब (RYC) महोत्तरी वि.सं. २०४७ मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अलोकतान्त्रिक मान्यता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय, पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागितामूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अतिविपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानवअधिकार अभियानमार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ । 

USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company संगको सयुक्त साझेदारीमा रतौली युवा क्लब महोत्तरीद्वारा १० देखि १९ बर्षका किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल  गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त बाताबरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

यसै अनुरुप रतौली युवा क्लब महोत्तरीले केयर नेपालसंगको साझेदारीमा महोत्तरी जिल्लाका आठ वटा पालिकाहरु  औरही, भंगाहा, गौशाला, लोहारपट्टी, बलवा, रामगोपालपुर नगरपालिका र सोनमा तथा सम्सी गाउँपालिकामा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य (ARH) परियोजना लागू गर्न लागेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरुको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक तोकिएको मापदण्ड र १८ बर्ष पुगेका नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

आवश्यक कर्मचारी

क. विज्ञापन नम्बरः –२०२४ (ARH)

पद: ARH Facilitator 

आवश्यक संख्या: १ जना

कार्यस्थल: महोत्तरी जिल्लाको भंगहा नगरपालिका

योग्यता, अनुभव र सिप:  मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाण पत्र (स्वास्थ्य, जनसंख्या ) अनमी तथा अहेव तह उत्तीर्ण गरी ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्टाफ नर्स वा हेल्थ असिष्टेण्ट, तह उत्तीण गरी १ वर्षको कार्य अनुभव भएको तथा सामुदायिक स्वास्थ्य, सामाजिक परिचालन, लैंगिक समानता तथा सामाजिक समोवेशिकरण तथा स्वास्थ्य सम्बन्धी कार्य अनुभव भएको । उमेर: १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

Link: JD_CARE_ ARH Facilitator.docx

आवश्यक कागजात

१. हाल सालै खिचेको फोटो सहित आवेदन पत्र

२. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा 

३. नेपाली नागरिकताको प्रमाण पत्र 

४. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

माथि उल्लेखित कागजात सहित संस्थाको कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा हुलाक वा ईमेल vacancyryc@gmail.com मार्फत दरखास्त दिन सकिनेछसमय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता, एकल महिला भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय  आवेदकहरु लाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मिति: इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित ०७ दिन भित्र (२०८१ भदौ २९ बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं.मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदनका लागि:

रतौली युवा क्लव,

प्रधान कार्यालय, टाउन प्लानिङ, जलेश्वर–२, महोत्तरी

सम्पर्क नं. ०४४–५२०८४३

ईमेल: vacancyryc@gmail.com

Overview

Category Public Health, Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 3+ years
Education CMA/ANM/HA
Posted Date 08 Sep, 2024
Apply Before 14 Sep, 2024
City Mahottari