आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Jalpa Integrated Development Society(JIDS), Udayapur

Details / requirements:

आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Jalpa Integrated Development Society (JIDS), Udayapur

जाल्पा एकिकृत विकास समाज, उदयपुर

REF: WVIN/JIDS/EOI/2023

प्रथम पटक प्रकाशन मितिः  २०८०/०४/३० गते

यस संस्थाले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा उदयपुर जिल्लाको त्रियुगा र कटारी नगरपालिका , रौतामाई, लिम्चुङबुङ्ग, उदयपुरगढी र ताप्ली गाउँपालिकामा सँरक्षण तथा समुदाय सँलग्नता बाल स्पोन्सरशिप कार्यक्रम तथा सामना परियोजना सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.व. २०२४ (वि.सँ.२०८०/८१) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement-LTA) / अल्पकालिन सम्झौता(Short Term Agreement-STA) गर्न खोजेको हुँदा योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व– योग्यता (Supplier pre–qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८० भाद्र १२ गते (२९ अगष्त २०२३) सम्म कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धी कार्यहरु

  • कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुदका सामाग्री आपूर्ति गर्ने कार्यहरु
  • छपाई (कपि, पोष्टर, किताब, प्रमाण पत्र र फलेक्स ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन, भित्ते लेखन कार्यहरु
  • कम्प्यूटर, ल्यापटप, प्रिन्टर एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धी
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान,ट्रयाक्टर) भाडामा लिने सम्बन्धी कार्य
  • फर्निचर (काष्ठ तथा स्टिलका दराज, टेबल, कुर्सी, इत्यादि) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा इत्यादि) सामानहरु आपूर्ति गर्ने कार्य
  • हार्डवेयर (कर्कटपाता, सिमेन्ट, रड, रङ रोगन, शौचालयका सामाग्री, सिंचाईका सामाग्रीहरु जस्तै मोटर, दमकल) आपूर्ति सम्बन्धी कार्य 
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धी सेवा प्रदान गर्ने
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धी सेवा प्रदान गर्ने र तालिम हल सेवा, क्याटरिङ सेवा
  • स्कुल पोशाक अन्य कपडाहरु, जुत्ता, चप्पल, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
  • घरायसी सामाग्री, किराना, सौंन्दर्य सामाग्री, भाँडा वर्तन, पानी जार आपूर्ति आदि 
  • प्राथमिक उपचार, औषधि तथा मेडिकल, सर्जिकल औजार सामाग्रीहरु
  • जीवन तथा निर्जीवन बिमा सेवा
  • स्वयंसेवक तथा तथ्यांक संकलक, Data Entry  कार्य
  • परामर्श तथा सहजिकरण वा प्रशिक्षण सेवाहरु (विभिन्न विषय – बाल क्लव व्यवस्थापन,बाल मैत्री स्थानीय शासन, सामाजिक परिचालन तथा समुदाय सँलग्नता,रुपान्तरण, गुनासो सुनुवाई सँयन्त्र, ईत्यादिका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता) 
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा), हवाई टिकट सेवा
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१.  फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer) 

२.  स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३.  मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४.  आर्थिक बर्ष ०७९/८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५.  पछिल्लो दुई बर्षसम्म विभिन्न संघ–संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

आवश्यक सुचि दर्ताको फारम  jalpa.afo@gmail.com  मा साथै कार्यालयमा सम्पर्क राखि पाउन सकिनेछ ।

सम्पर्क ठेगाना

जाल्पा एकिकृत विकास समाज

त्रि.न.पा. ११, गाइघाट, उदयपुर

इमेलः jids.procurement@gmail.com

फोन नं. ०३५–४२०९२८, ९८४४०२४६४४

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 15 Aug, 2023
Apply Before 29 Aug, 2023
City Udayapur