आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
Social Development Centre (SDC) Mahottari is non-political and non-profitable NGO established in 1996 by a group of Terai marginalized group’s activists. Since then, SDC is fully dedicated to work in humanitarian assistance, community development, livelihood, Child Well Being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.
Details / requirements:
समाज विकास केन्द्र महोत्तरी
Social Development Center Mahottari
आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
REF: WVIN/SDC/EOI/2023/01
प्रथम पटक प्रकाशन मितिः २०७९/०६/०९ गते
यस संस्थाले वर्ल्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकामा जीविकोपार्जनका लागि पशुपालन, प्रारम्भिक बाल शिक्षा लगायतका परियोजनाहरु सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.व. २०२३ को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घालिन सम्झौता (Long Term Agreement-LTA) गर्न खोजेको हुँदा योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व-योग्यता (Supplier pre–qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७९ असोज ३० गते (१६ अक्टोबर २०२१) सम्म कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धी कार्यहरु
- स्वयंसेवक तथा तथ्यांक संकलक
- परामर्श सेवाहरु (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान) भाडामा लिने सम्बन्धी कार्य
- कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुदका सामाग्री आपूर्ति गर्ने कार्यहरु
- छपाई (कपि, पोष्टर, किताब, प्रमाण पत्र र फलेक्स ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन, भित्ते लेखन कार्यहरु
- औजार, पशु सम्बन्धि, बिउ बिजन, मल, किटनासक औषधि, बाख्रा, बंगुर, कुखुरा सप्लाई सम्बन्धी कार्यहरु
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा), हवाई टिकट सेवा
- एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य
- कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्ट एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धी
- हाइजिन किट, खानेपानी तथा सरसफाइ किट
- फर्निचर (काष्ठ दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा आदि) सामानहरु आपूर्ति गर्ने कार्य
- तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धी सेवा प्रदान गर्ने
- समुदायमा खाजा र खाना खुवाउने सम्बन्धी सेवा प्रदान गर्ने र तालिम हल सेवा, क्याटरिङ सेवा
- सडक नाटक समुह
- स्कुल पोशाक अन्य कपडाहरु, जुत्ता, चप्पल, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
- घरायसी सामाग्री, भाँडा वर्तन, पानी जार आपूर्ति आदि
- प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु, बिपत आपुर्ति गर्ने कार्य
- ठेला, रिक्सा, सिलाई मेसिन तथा आइरन सम्बन्धी कार्यहरु
- इन्स्यूरेन्स सेवा
- किराना सामाग्री आपूर्ति
- प्रारम्भिक बाल शिक्षा शैक्षिक सामाग्री
- निर्माण सेवा (विद्यालय, खानेपानी, शौचालय आदि)
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष ७८/७९को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो बर्ष विभिन्न सार्वजनिक निकायहरु मा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।
नोटः आवश्यक सुचि दर्ताको फारम Link: https://drive.google.com/file/d/1MG-vkjBLkip5KRLce9CYWbkp9PMZq74N/view?usp=sharing बाट साथै कार्यालयमा सम्पर्क राखी समेत पाप्त गर्न सकिनेछ ।
सम्पर्क ठेगानाः
समाज विकास केन्द्र महोत्तरी
जलेश्वर, महोरी
इमेलः sdcmahottari@gmail.com
फोन नं. ०४४–५२०७८३
बेटी पढाऔं बेटी बचाऔं, विवाह २० वर्ष पछाडि गरौं, बाल विवाह मुक्त समाज निर्माण गरौं
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 25 Sep, 2022 |
Apply Before | 18 Oct, 2022 |
City | Mahottari |