Advocacy Officer / Admin and Finance Officer

Netuwa Development Center(NDC)-Kapilvastu

Details / requirements:

नेटुवा विकास केन्द्र (NDC)-कपिलवस्तु

कर्मचारी आवश्यकता

प्रकाशन मिति २०८१/०६/०२

नेटुवा विकास केन्द्र (NDC)-कपिलवस्तु लोपोन्मुख नेटुवा समुदायबारे अध्ययन अनुसन्धान गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा पहुँचकोलागि समुदायको सशक्तिकरण नेटुवा समुदायको महिला, बालबालिकाहरूको लागि निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्ने, समुदायको पेशागत सुधार एवं अधुनिकिकरण गर्ने साथै बेरोजगार युवाहरूलाई सीपमूलक तालिम तथा जीविकोपार्जन कार्यक्रमकोलागि स्थानीय स्तर तथा अन्य निकयाहरूमा समन्वय तथा सहकार्य गर्ने लगायतका विभिन्न कार्यहरू सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित गैर नाफामूलक एवं गैर राजनीतिक सामाजिक संस्था हो ।

यस नेटुवा विकास केन्द्र-कपिलवस्तुले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) को सहयोग र द एसिया फाउण्डेशनको साझेदारीमा युएसएआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत “Empowering Voices and Promoting Good Governance of Natuwa Community in Nepal” परियोजना कपिलवस्तु जिल्लामा ६ महिनाका लागि संचालन हुने भएको हुँदा र उक्त परियोजना कार्यान्वयनकालागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यकता परेकोले यो सूचना प्राकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

१) पद : Advocacy Officer: १ (एक)

शैक्षिक योग्यता: स्नातक तह उत्तीर्ण वा सो सरह

कार्यक्षेत्र: परियोजनाको कार्यालय

आवश्यक ज्ञान, सिप र अनुभव:

  • परियोजना सञ्चालनकालागि बार्षिक योजना निर्माण गरि कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्न सक्ने ।
  • सामाजिक संघसंस्थामा कम्तीमा २ बर्ष कार्य गरेको अनुभव भएको ।
  • कार्यक्रमको विस्तृत बजेट विवरण बनाउन र कार्यान्वयन गर्न सक्ने ।
  • सरोकारवालाहरूसँग समन्वय, सहकार्य सम्बन्धी अनुभव तथा नेतृत्व गर्न सक्ने क्षमता भएको ।
  • परियोजनासँग सम्बन्धित तथ्याङ्क र सूचनाहरूको विश्लेषण गरि प्रस्तावना तथा प्रतिवेदन तयार गर्न सक्ने ।
  • परियोजनाको प्रशासनिक कार्य तथा सम्पर्क समन्वय र संचार व्यवस्थापन गर्न अनुभव भएको ।
  • तालिम, अन्तरक्रिया, छलफल सञ्चालन गर्न तथा परामर्श दिन सक्ने ।
  • अंग्रेजी तथा नेपाली भाषामा राम्रो दखल भई प्रतिवेदन तयार गर्न सक्ने र अवधी भाषा राम्रोसँग बुझ्न र बोल्न सक्ने ।
  • कम्प्युटर सम्बन्धी राम्रो  (Ms-Word, Excel, Power Point, Email, Internet, Zoom/Meet etc.) ज्ञान भएको ।
  • लोपन्मुख, अल्पसंख्यक एवं सिमान्तकृत समुदायबारे अध्ययन अनुसन्धानमा रुचि राख्ने साथै ती समुदाय परिचालनमा अनुभव भएको  ।
  • परियोजना सञ्चालन गर्ने स्थानीय तहको सामाजिक र अन्य वस्तुस्थितीबारे जानकार भएको ।
  • संस्था र समुदाय प्रति ईमानदार, सेवाको भावना भएको र जवाफदेहिता तथा जिम्मेवारी बहन गर्नसक्ने ।
  • मोटरसाइकल चलाउने सीपको साथै सवारी चालक अनुमतिपत्र भएकोलाई विशेष ग्राहयता दिइने छ ।

२) Admin and Finance Officer (50% time): १ (एक) जना

शैक्षिक योग्यता: +2 पास वा सो सरह

कार्यक्षेत्र: परियोजनाको कार्यालय 

आवश्यक ज्ञान, सिप र अनुभव:

  • लेखा व्यवस्थापन तथा प्रशासनको क्षेत्रमा कम्तीमा पनि २ वर्ष काम गरेको अनुभव भएको ।
  • सरकारी वा गैरसरकारी संघसंस्थामा लेखा व्यवस्थापन, संस्थाको नीतिनियमावली बमोजिम खरिद प्रक्रियाको व्यवस्थापन, लेखा कार्ययोजना निर्माण, लेखा सम्बन्धी कम्प्यूटर साफ्टवेरको ज्ञान भएको ।
  • संस्थाको निती अनुसार कर्मचारीको विदा स्वीकृत तथा कार्ययोजना अनुसार प्रशासनिक कार्य गर्न सक्ने ।
  • अंग्रेजी तथा नेपाली भाषामा लेखा प्रतिवेदन तयार गर्न सक्ने ।
  • कम्प्युटर सम्बन्धि राम्रो ज्ञान (Ms.-Word, Excel, PowerPoint, Email and Internet) भएको ।

आवश्यक कागजपत्रहरू:

उल्लेखित पदहरूको लागि लिखित निवेदन सहित व्यक्तिगत विवरण (Bio-Data/CV), नागरिकताको प्रमाण–पत्रको प्रतिलिपी, तोकेको शैक्षिक योग्यताको प्रमाण–पत्रहरू तथा चरित्र प्रमाण–पत्रहरूको प्रतिलिपी, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ । निवेदनमा अनिवार्य आफ्नो सम्पर्क नं र इमेल आइडी उल्लेख गर्नुहोला ।

निवेदन दिने अन्तिम मिति र समय: २०८१/०६/०८ गते साँझ ५ बजे भित्र ।

छनौट प्रकृया:

  • शैक्षिक प्रमाण–पत्र तथा कार्य अनुभवको आधारमा छोटो सूचीमा छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित र मौखिक परिक्षाको लागि बोलाइने छ ।
  • सेवा सुविधा: परियोजना र संस्थाको नियमानुसार हुनेछ ।

निवेदन बुझाउने ठेगाना:

नेटुवा विकास केन्द्र (NDC)- कपिलवस्तुको कार्यालय, मायादेवी गाउँपालिका-१, पकडी, सम्पर्क नं. 9806932367 इमेल: ndckv2024@gmail.com

नोट: नेटुवा समुदाय, महिला, दलित, मुस्लिम तथा र्यौनिक अल्पसंख्यक तथा सम्बन्धित क्षेत्रमा काम गरेका र स्थानीय व्यक्तिलाई विषेश ग्राह्यता दिइनेछ । आवेदन बुझाउने अन्तिम दिन विदा भएमा कार्यालय खुला हुनेछ र आवेदन दर्ता हुनेछ । माथि उल्लेखित ईमेल मार्फत पनि निवेदन पेश गर्न सकिन्छ । तोकेको समय भन्दा पछि निवेदन आएमा दर्ता हुने छैन ।

Overview

Category Development and Project, Finance & Administration, Research and Advocacy Officer
Openings 2
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 18 Sep, 2024
Apply Before 24 Sep, 2024
City