Admin Associate (Female only)

Aasaman Nepal

Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion, and fulfillment of child rights in Nepal. Currently ASN has been working in 25 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

विज्ञापन प्रकाशित मिति: २०८१/०८/०७

आवेदन दिने अन्तिम मिति: २०८१/०८/१३

आसमान नेपाल अभियानकर्ता युवाहरुको अगुवाइमा जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता तथा समाज कल्याण परिषदमा आवद्ध भइ समुदायको जीवनमा गुणात्मक सुधारको लागि अधिकारमा आधारित भएर समुदाय परिचालनको माध्यमबाट काम गर्ने एक राष्ट्रिय गैरसरकारी संस्था हो । यसले बालबालिका तथा सिमान्तकृत समुदायप्रती समर्पित भई विगत २३ बर्ष देखी विभिन्न सरकारी तथा अं/गैरसरकारी संस्थाहरुसंगको साझेदारी र सहकार्यमा मधेश प्रदेश लगायत देशका १८ वटा जिल्लाहरुमा महिला, किशोरकिशोरी तथा बालबालिकाहरुको आधारभूत स्वास्थ तथा पोषण, आधारभूत गुणस्तरिय शिक्षा तथा बालसंरक्षण, खाद्य सुरक्षा तथा जीविकोपार्जन, महिला सशक्तिकरण, सुशासन, विपद् व्यस्थापनलगायतको क्षेत्रमा समुदायको जीवनमा गुणात्मक सुधारको लागि समुदाय परिचालनको माध्यमबाट अनवरत सहयोग गर्दै आइरहेको छ । 

CARE Nepal को नेतृत्वमा Association of Youth Organizations Nepal, Howard Delafield International, Jhpiego and Nepal CRS Company तथा आसमान नेपाल को संयुक्त साझेदारीमा संचालित “USAID ADOLESCENT REPRODUCTIVE HEALTH” परियोजना १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशोरीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा स्वस्थ निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नु रहेको छ । 

यो कार्यक्रम धनुषा जिल्लाको आठ वाटा पालिकाहरु: (१) शहिद नगर, (२) गणेशमान चारनाथ, (३) कमला, (४) हंसपुर, (५) मिथिला बिहारी, (६) सबैला, (७) धनुषाधाम, र (८) छिरेश्वरनाथ पालिकामा संचालन हुनेछ । यस कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड पुगेका नेपाली नागरिकहरुले आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।

क्र.सं.पद र संख्यायोग्यता तथा जिम्मेवारीहरु
Admin Associate - 1 Nos. based in Janakpur and frequently field travel (Female only)

न्यूनतम योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय – व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन) मा Intermediate (10+2) उतीर्ण गरि वा स्नातक तह उतीर्ण गरि गैर सरकारी तथा विकास संस्थाको आर्थिक प्रतिवेदन, बजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री वयवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम् लेखा प्रणाली (FAMAS) तथा Online Human Resource Management System संचालनमा २ वर्ष कार्य अनुभव भएका । 

मुख्य भूमिका र जिम्मेवारीहरु: संस्था र कार्यक्रमको प्रशासनिक र कार्यक्रम खर्च विवरणहरु तयार गर्ने, भुक्तानी गर्नु अघि सबै वित्तिय कागजातहरु, बिलहरु, सम्झौताहरु र अन्य सहायक कागजातहरु तयार गर्ने, समिक्ष र जाँच गर्ने, कार्यक्रमले तोकेको समयमा प्रतिवेदनहरु तयार गरि पेश गर्ने ।

विस्तृत कार्य विवरण: http://bit.ly/3WeFnAY

आसमान नेपालसँग दुर्व्यवहार र कमजोर व्यक्तिहरूको शोषण विरुद्धको शून्य सहनशीलता नीति छ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका व्यस्कहरूलाई विभिन्न हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं ।

सबै उम्मेदवारहरूले परियोजना सम्झौतामा समेटिएका प्रावधानहरूको साथै बाल सुरक्षा नीतिको पालना गर्नु पर्दछ । सबै कर्मचारी र साझेदारहरूबाट आसमान नेपालका नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आसमान नेपालको आचार संहिता, सुरक्षा मापदण्ड र प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नोहार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना भउको सुनिश्चित गर्दछौं । साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान भएको चाहन्छौं ।

आवश्यक कागजातहरु:

१) व्यक्तिगत विवरण (Biodata) र बायोडाटामा एक प्रति पासपोर्ट फोटो राखेको हूनुपर्ने । विवरणमा पहिले काम गरेको निकायबाट २ जना सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नं., ईमेल, कार्यालय र पद उल्लेख गर्नुपर्ने ।

२) शैक्षिक योग्यताका प्रमाणपत्र, तालिमका प्रमाणपत्रहरु, अनुभवको पत्र र नेपाली नागरिकताको प्रमाणपत्र १/१ थान।

३) प्रतिलिपिहरुलाई सम्बन्धित आवेदकले नै प्रमाणित गरिएको हूनुपर्ने छ ।

४) निवेदन र उल्लेखित कागजातहरु फाईलमा राखेर कार्यालयमा उपस्थित भई पेश गर्नुपर्नेछ । यदि ईमेल वा अनलाईन फर्म मार्फत पेश गर्न चाहने आवेदकहरुले सबै प्रमाण पत्रहरुलाई एउटा पिडिएफ फाईल बनाई अपलोड  पठाउनुपर्ने छ ।

अनलाईन आवेदन पेश गर्न लिंकमा https://forms.gle/ZGPs77RiMWAWKWw87 जानुहोस 

छनौट प्रक्रिया: छोटो सूचि प्रकाशन, लिखित, प्रयोगात्मक र अन्तर्वार्ता गरिनेछ ।

उमेर सीमा: १८ वर्ष देखि ४५ वर्ष बिचका उम्मेदवारहरु मात्र माथिको पदका लागि आवेदन दिन योग्यछन् । उमेर सीमा उनीहरुले गर्ने जिम्मेवारी सँग सम्बन्धित छ ।

विपन्न समूह र परियोजना जिल्लाका बासिन्दाहरूका योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।

इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित ७ दिन भित्र – 28th November 2024) बेलुको ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ ।

नोट: महिला, दलित, जनजाति र समाजमाा पछाडि पारिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, बञ्चितिकरणमा परेको वर्ग तथा स्थानियलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रकृयामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । संस्थाले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ । आवेदन दिने अन्तिम मिति २०८१/०८/१३ गते दिनको ५:०० बजेसम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ४:०० बजेसम्म ।

आसमान नेपाल

जनकपुरधाम, मधेश प्रदेश, नेपाल

फोन नं. ०४१–५२२४७३

ईमेल: info@aasamannepal.org.np

थप जानकारीको लागि संस्थाको वेवसाईट https://aasamannepal.org.np/ हेर्न सकिन्छ ।

Overview

Category Administrative / Management, Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 22 Nov, 2024
Apply Before 28 Nov, 2024
City Janakpur