Admin and Finance Officer (AFO)

Social Awareness Center SAC Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८१।०८।२७)

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामुलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरूको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्दै आइरहेको छ । यस संस्थाले शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन र मानवीय सहायता, लगायतका क्षेत्रमा कार्य गर्दछ । यसै सन्दर्भमा यस संस्थाले USAID को आर्थिक सहयोगमा CARE Nepalको नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego and Nepal CRS Company संयुक्त साझेदारीमा USAID's Adolescents Reproductive Health (ARH) कार्यक्रम कार्यान्वयन गरिरहेको छ । १० देखि १९ वर्ष उमेर समुहका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशोरीहरूलाई प्रजनन स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको एकिन गर्ने, प्रजनन स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन स्वास्थ्यका बारेमा स्वस्थ निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पूर्ण क्षमताको विकास गर्नुरहेको छ । यो कार्यक्रम हाल सुर्खेत जिल्लाका पञ्चपुरी, भेरीगङ्गा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा सञ्चालन भइरहेको छ । 

यस कार्यक्रमका लागि रिक्त रहेको तपसिल अनुसारका कर्मचारी आवश्यक परेकाले तल उल्लेखित पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ ।

विज्ञापन नं.: १३।२०८१।०८२

पद: Admin and Finance Officer (AFO)

आवश्यक संख्या: १ (एक) जना

कार्यक्षेत्र: परियोजनाको कार्यक्षेत्र 

कार्यस्थल: केन्द्रीय कार्यालय, वीरेन्द्रनगर, सुर्खेत 

योग्यता र अनुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा ३ वर्ष गैरसरकारी संस्थाको प्रशासन तथा लेखामा काम गरेको कार्यअनुभव भएको ।

सिप तथा दक्षता: यस पदका लागि निम्नानुसारका सिप तथा दक्षता आवश्यक पर्नेछ ।

  • परियोजनाको वजेट तयार गर्न, योजना बनाउन तथा वजेट क्यालेण्डर तयार गर्न सहयोग तथा नेतृत्व गर्ने ।
  • परियोजनाको मासिक बजेट र खर्चको अवस्थाका बारेमा परियोजना टीमलाई जानकारी गराउने, सहयोग गर्ने र बजेट अनुसार खर्चको सुनिश्चितता गर्ने ।
  • आर्थिक कारोवार र प्रतिवेदनका लागि आवश्यक पर्ने कागजात, अभिलेख तथा प्रक्रिया तयार, अद्यावधिक तथा पुरा गर्ने ।
  • दैनिक आर्थिक कारोवार सञ्चालन गर्ने ।
  • संस्था तथा परियोजनाको नियम तथा आधार अनुसार गुणस्तर र आवश्यक सबै प्रक्रिया तथा अभिलेखहरूको सुनिश्चितता हुने गरी आवधिक आर्थिक प्रतिवेदन तयार र तोकिएकै समय अवधिभित्र पेश गर्ने ।
  • आवश्यकता अनुसार सञ्चार तथा अन्तरव्यक्ति सञ्चार गर्न सक्ने ।
  • गैरसरकारी संस्थाको प्रशासनिक, मानव संशाधन, खरिद तथा भण्डारण, सवारी साधन व्यवस्थापन, लगायतका कार्यहरू सञ्चालन गर्न सक्ने ।
  • युएसएआइडीका आर्थिक, प्रशासन, खरिद लगायतका क्षेत्रका मापदण्डहरूका बारेमा जानकारी भएको र पुरा गर्न सक्ने । 

विस्तृत कार्यविवरण तलको लिङ्कमा रहेको छ ।

https://docs.google.com/document/d/1OtbpCu06vInUs_sfCGYFl2C1aH6i_9AB/edit?usp=sharing&ouid=111934501589709266711&rtpof=true&sd=true

दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरूको (References) नाम, सम्पर्क नं., इमेल, आफ्नो इमेल, र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) तथा निवेदनसहित यसै सूचनामा रहेको इमेलमार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उमेदवारहरूलाई मात्र थप छनौट प्रक्रियामा समावेश गरिनेछ । संस्था तथा परियोजनाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, वञ्चितिकरणमा परेको वर्ग तथा स्थानीयलाई प्राथमिकता दिइनेछ । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार एवम् बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरूसहित प्रतिबद्ध रहेको छ । यसैगरी कुनै पनि प्रकारको आर्थिक अनियमितता रोक्नका लागि संस्थाले नीतिगत व्यवस्था गरी सो को कार्यान्वयन सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्वःघोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । 

उमेर: दरखास्त दिने अन्तिम दिनको दिन १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको । 

दरखास्त दिने अन्तिम मिति: २०८१।०९।०३ गते दिनको ५:०० बजेसम्म । 

थप जानकारीका लागि

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

info@sacnepal.org.np

सम्पर्क नं.: ०८३ ५२१२८२

Overview

Category Development and Project, Finance & Administration
Openings 1
Position Type Full Time
Experience 3+ years
Education B. Com./BBS, BBA / BBM
Posted Date 12 Dec, 2024
Apply Before 18 Dec, 2024
City Surkhet