अभिभावक दम्पती (Caretaker Parents)

KFSN

Details / requirements:

कर्मचारी आवश्यकता

बिगत लामो समय देखि बिशेषत बालबालिकाहरुको शिक्षा, हेरचाह तथा हितको निम्ति कार्य गर्दै आईरहेको संस्थाले व्यवस्थापन गरेको बालगृहको निम्ति निम्न लिखित कर्मचारीको आवश्यकता रहेकोले ईच्छुक महानुभाबबाट दरखास्तको आह्वान गरिन्छ ।

पद: अभिभावक दम्पती (Caretaker Parents-Couple) = २ जना

कर्मचारी तथा जिम्मेवारी सम्बन्धि आवश्यक विवरण:

  • अभिभावकको भुमिकामा आमा बुबाले जसरी बालगृहको बालबालिकाहरूको दैनिक हेरचार गर्ने, खाने, बस्ने, शिक्षा तथा स्वास्थ्यको बिशेष ख्याल राख्न सक्ने श्रीमान तथा श्रीमति दुबै भएको विवाहित दम्पती ।
  • बालबालिकाको क्षेत्रमा कार्य गर्न ईच्छुक, उत्साहित, मेहनती, ईमान्दार तथा सामाजिक सेवामा विशेष रुचि भएको ।
  • आवेदक अभिभावक दम्पतिको एक छोरा वा छोरी छ भने पनि आबेदन दिन सकिनेछ ।
  • बिशेष संरक्षणको आबश्यकता भएको बालबालिकाहरुको निम्ति व्यवस्था गरिएको आवासीय गृह भएकोले गृहमा नै बसेर जिम्मेवारी पुरा गर्नुपर्नेछ ।
  • श्रीमान् तथा श्रीमति गरि दुबै जना आवश्यक

उमेर: प्राथमिकता २५ देखि ३५ बर्ष

योग्यता: आमा वा बुबाले न्यनतम कक्षा १० उत्तिर्ण गरेको वा सो सरह

कार्यक्षेत्र: भक्तपुर

पारिश्रमिक, सेवा, सुबिधा: खाना र बस्नको पुर्ण व्यवस्था बालगृहमा नै हुनेछ र पारिश्रमिक, सेवा, सुबिधा संस्थाको नियमानुसार उपलब्ध गराईनेछ । अभिभावक दम्पतीको एक छोरा वा छोरीलाई पनि खान बस्न र अध्ययनको व्यवस्था गराईनेछ । 

दरखास्त आईपुग्न पर्ने अन्तिम मिति: २०८१ मंसिर १४ गते भित्र

छनौटको आधार संस्थाको आवश्यकता तथा नियमानुसार हनेछ बालबालिकाको क्षेत्रमा अनुभब भएकोलाई प्राथमिकता दिईनेछ ।

सम्पर्क ठेगाना वा आबेदन दिने ठेगाना:

पोष्ट बक्स नं. ८९७५

ई.पि.सि. नं. १७६४

काठमाडौँ, नेपाल

वा

ईमेल: kfsnepal@yahoo.com

Overview

Category Caregiver, Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education SLC / SEE
Posted Date 30 Oct, 2024
Apply Before 29 Nov, 2024
City Bhaktapur