आशयपत्र आवहान सम्वन्धी सूचना

Aasaman Nepal

Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion, and fulfillment of child rights in Nepal. Currently ASN has been working in 25 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

Details / requirements:

आशय पत्र आह्वान  सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित

आसमान नेपाल तराईमा आधारित अग्रणी राष्ट्रिय गैरसरकारी संस्था हो जसले विगत २५ वर्षदेखि शिक्षा र बाल संरक्षणमा केन्द्रित विभिन्न क्षेत्रमा काम गरिरहेको छ । आसमान नेपालले सेभ द चिल्ड्रेन इन्टरनेशनलसँगको साझेदारीमा बारा जिल्लाको  महागढीमाई  नगरपालिका,  करैयामाई  र  देवताल  गाउँपालिकामा  “शिक्षा  र  आर्थिक  सशक्तिकरणका कार्यहरूमार्फत  सामाजिक–आर्थिक  रूपमा  सीमान्तकृत  बालबालिका  र  परिवारको  उत्थानका  लागि  खुशी  परियोजना कार्यान्वयन गर्दैछ । यस परियोजनाको उदेश्य आधारभूत शिक्षामा सुधार र विपन्न परिवारको आर्थिक सशक्तिकरण र सुशासन सहयोग मार्फत समावेशी र गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच बढाउनु हो ।

आसमान नेपालले बाहय परामर्शदाता/स्वास्थ्य संस्थाबाट दृष्टि, कान र श्रवण हेरचाह र चश्माको पहुँचको लागि अपांगता स्क्रिनिङ क्याम्प संचालनको लागि ईच्छुक बाहय परामर्शदाता/कम्पनीबाट आशय पत्र आह्वान गरेको छ ।

बारा जिल्लाको महागढीमाई नगरपालिका, करैयामाई र देवताल गाउँपालिकाका विद्यालयमा अध्ययनरत बालबालिका मध्ये दृष्टिी, श्रवण तथा शारिरीक समस्या भएकाहरुलाई स्वास्थ्य जाँच एवं स्वास्थ्य सामाग्री आपुर्र्ति वितरण तथा गर्ने ।

आसमान नेपालले बालबालिकाहरुको सुरक्षालाई उच्च प्राथमिकताका रूपमा राखेको छ, त्यसैले कार्यको क्रममा सङ्कलन गरिएका कुनै पनि तथ्याङ्क वा जानकारीहरू गोप्य राखिनेछ र आसमान नेपालको पूर्व स्वीकृतिबिना त्यसलाई प्रसारित गरिने छैन ।

  • TOR वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ वा अनुरोधमा इमेल मार्फत उपलब्ध गरिनेछ ।
  • योग्य  र  इच्छुक  बाहय  परामर्शदाता/स्वास्थ्य  संस्थाहरूलाई  निम्न  ठेगानामा  आशय  पत्र  पेश  गर्न  आमन्त्रित गरिएको छः
  • आवेदन पेश गर्ने अन्तिम मितिः ५ जुलाई २०२४

Terms Of Reference

कुनै पनि आवेदन चयन गर्ने वा नगर्ने सम्पुर्ण अधिकार आसमान नेपालमा सुरक्षित छ ।

आसमान नेपाल

खुसी आयोजना, बारा

इमेलः procurement@aasamannepal.org.np

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 30 Jun, 2024
Apply Before 05 Jul, 2024
City Bara