आशय पत्रका लागि सूचना - YEED

JWAS Nepal

JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.

Details / requirements:

आशय पत्रका लागि सूचना

प्रथम पटक प्रकाशित मितिः २०८१।१२।१७ गते

जानकी महिला जागरण समाज (JWAS) ले प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारी र धनुषा जिल्लाको कार्यक्रम सञ्चालित पालिकाहरू (सबैला, शहिदनगर, विदेह, कमला र जनकनन्दनी ) सँगको समन्वयमा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूको सीप विकासका लागि दक्ष युवा (Youth Employement and Entrepreunership Development Project - YEED) परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजन अन्तर्गत Term of Reference (ToR) उल्लेख भए बमोजिम ४० जना युवाहरूलाई आवश्यकता अनुसार तालिम स्थलमा वा कार्यस्थलमा सिकाई (Work Based Learning) अवधारणा (Modality) मार्फत तालिम सञ्चालन गर्नुपर्ने भएकोले सम्बन्धित इच्छुक, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट  इजाजत प्राप्त सेवा/तालिम प्रदायक व्यक्ति, दर्तावाला फर्म वा कम्पनी एवं संस्थाहरूबाट यस संस्थाको तल उल्लेखित कार्यालयको ठेगानामा प्राविधिक तथा आर्थिक प्रस्ताव साथै संस्थागत विवरणका सहितको सिलबन्दी आवेदन आगामि मिति २०८१। १२। २६ गते कार्यालय समय भित्र पेश गर्नका लागि आह्वान गर्दछौँ । 

१. आवेदन यस जानकी महिला जागरण समाज (JWAS) को जनपुरधाम उप महानगरपालिका वडा नं  ४, कटैयाचौरी जानेबाटो स्थित कार्यालयमा तोकिएको मितिसम्म कार्यालय समय विहान १०:०० बजेदेखि साँझ ०५:०० बजेसम्म पेश गर्न सकिने छ । 

२. सम्बन्धित सेवा प्रदायक/तालिम प्रदायकले दर्ताको लागि पेश गरेको सिलबन्दी आवेदन सहितको खाम बाहिर आफनो, फर्म, कम्पनी वा संस्थाको नाम, ठेगाना र आवेदनको प्रयोजन समेत उल्लेख गर्नु पर्ने छ ।

३. सम्बन्धित सेवा प्रदायक/तालिम प्रदायकले तयार गरेको प्राविधिक तथा आर्थिक प्रस्ताव अनिवार्य रुपमा अलग अलग खामभित्र सिलबन्दी गरी दुवै सिलबन्दी खामलाई अर्को एउटा खामभित्र पून सिलबन्द गरी पेश गर्नु पर्ने छ ।

४. आवेदनका लागि इच्छुक सेवा/तालिम प्रदायकहरूले आर्थिक प्रस्तावको ढाँचा, सञ्चालन हुने तालिमहरूको विवरण सहितको Terms of reference (ToR) प्राप्त गर्न यस संस्थाको  vacancyjwas@gmail.com इमेल ठेगानामा इमेल मार्फत अनुरोध गरेमा यथासक्य चाँडै इमेल मार्फत नै उपलब्ध गराइनेछ ।  

सेवा प्रदायक फर्म वा संस्थाबाट प्राविधिक र आर्थिक प्रस्ताब सहितको आवेदन साथ संलग्न गर्नुपर्ने अनिवार्य कागजातहरू:-

    क) कम्पनि तथा फर्मको हकमा नविकरणको कागजातको प्रतिलिपि

    ख) आर्थिक वर्ष २०८०।०८१ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि 

    ग) PAN वा VAT दर्ताको प्रमाणपत्रको प्रतिलिपि

    घ) कम्पनि तथा फर्मको हकमा कम्पनि फर्मको प्रोफाइल

    ङ) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) सँगको आवद्धताको प्रमाण पत्रको प्रतिलिपी

    च) TOR का साथ उपलब्ध गराइने स्वार्थको द्वन्दको स्वघोषणा गर्ने हस्ताक्षर सहितको प्रमाणित फारम

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 40
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 30 Mar, 2025
Apply Before 08 Apr, 2025
City Janakpur