आशय पत्र (EOI) सम्बन्धी सूचना

SOSEC Nepal

Details / requirements:

आशय पत्र (EOI) सम्बन्धी सूचना

सूचना प्रकाशित मिति: २०८१/०६/०२ गते

सोसेक नेपाल, नेपाल अधिराज्यको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्ध वकालत, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र जिवन उपयोगी शिक्षा र (च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा CBM Global Nepal को आर्थिक सहयोगमा सोसेक नेपाल द्वारा सञ्चालित हातेमालो परियोजनाको  Base Line Survey गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित मितिले ०७ (सात) दिन भित्र संस्थाको procurement@ sosec.org.np मार्फत निबेदन साथ आफ्नो फर्म वा कम्पनीको दर्ता तथा नबिकरण प्रमाण पत्र, Fact Sheet तथा आशय पत्र बुझाउनु हुन अनुरोध गरिन्छ  ।

Please find the link of  TOR detail information

संयोजक

खरिद समिति

सोसेक नेपाल

फोन: ०८९ ४१०१८७/४१००९६

इमेल: procurement@sosec.org.np

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 19 Sep, 2024
Apply Before 25 Sep, 2024
City Dailekh