आशय पत्र (EOI) सम्बन्धी सूचना

SOSEC Nepal

Details / requirements:

आशय पत्र (EOI) सम्बन्धी सूचना

सूचना प्रकाशित मिति: २०८१/०३/२० गते

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्ध, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र अनौपचारिक शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

सोसेक नेपालको आर्थिक वर्ष २०८०/०८१ को  सामाजिक तथा लैगिक परिक्षण कार्यको लागि नेपाल सरकारको मान्यता प्राप्त फर्म वा कम्पनीहरु तथा व्यक्तिबाट आशय पत्र (EOI) पेश गर्नको लागि सूचित  गरिन्छ । यो सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र संस्थाको procurement@sosec.org.np मार्फत निबेदन साथ आफ्नो फर्म वा कम्पनीको दर्ता तथा नबिकरण प्रमाण पत्र, Fact Sheet तथा आशय पत्र बुझाउनु हुन अनुरोध गरिन्छ  । 

सोसेक नेपाल महिला र बालबालिका र भष्टचार विरुद्ध शुन्य सहशिलता निति अवलम्वन गर्दछ त्यसैले सामाजिक तथा लैगिक परिक्षण गर्ने सस्था र व्यक्तिहरु सेभगार्डिङ सवालमा सम्वेदनशिल हुनु पर्नेछ ।

Detail Terms of Reference (TOR) and EOI Submission Form can be downloaded from the following links:

Link: Terms of Reference (TOR)

Link:  EOI Submission Form

संयोजक

खरिद समिति

सोसेक नेपाल

फोन: ०८९ ४१०१८७/४१००९६

website: www.sosec.org.np

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 04 Jul, 2024
Apply Before 10 Jul, 2024
City Dailekh