आशय पत्र (EOI) सम्बन्धी सूचना

SOSEC Nepal

Details / requirements:

आशय पत्र (EOI) सम्बन्धी सूचना

सूचना प्रकाशित मिति: २०८१/०३/१७ गते

सोसेक नेपाल, नेपाल अधिराज्यको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र अनौपचारिक शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

वाह्रय लेखापरिक्षणका शर्तहरु 

१. लेखापरिक्षकले प्रतिवेदनमा संलग्न आर्थिक विवरण संस्थाले राखेको हिसाव, किताव संग दुरुस्त भए नभएको उल्लेख गर्नुपर्नेछ । 

२. लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका खर्च रकम कार्यक्रमको उद्देश्यको परिधिभित्र रहेर खर्च भए नभएको उल्लेख गर्नुपनेछ । 

३. विकास साझेदार निकाय तथा सहयोग पुऱ्याउने संस्थाहरुसंग भएका सम्झौताको परिधिमा रहेर खर्च भए नभएको उल्लेख गर्नु पर्नेछ ।

४. संस्थामा भए गरेका सम्पूर्ण आम्दानी खर्चका साथै जिन्सीको व्यवस्थापन जाच गर्नुपर्नेछ ।

५. नियमपूर्वक हुन नसकेका तथा सुधार गर्नुपर्ने क्षेत्रहरुलाई लेखा परिक्षण प्रतिवेदनमा समावेश गुर्नुपर्नेछ । 

६. लेखाका कार्यहरु संस्थाका विधान, नियमावली, निर्णय र सम्झौता पत्र अनुसार भए नभएको हेर्नुपर्नेछ । 

७. लेखा परिक्षण प्रतिवेदन मिति: २०८१ श्रावण १८ सम्ममा पेश गरिसक्नुपर्नेछ । 

८. लेखा परिक्षण प्रतिवेदनमा उल्लेखित रकमहरु लेजरहरुमा हुनुपर्नेछ । 

९. अडिट प्रतिवेदन अलग आवस्यक पर्ने कार्यक्रमको छुट्टै अडिट प्रतिवेदन तयार गरिदिनु पर्नेछ ।

माथी उल्लेखित सर्तहरुको आधारमा सोसेक नेपालको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक बाह्य लेखा परिक्षण कार्यको लागि नेपाल सरकारको मान्यता प्राप्त अडिटर फर्म वा कम्पनीहरुबाट आशय पत्र (EOI) पेश गर्नको लागि सूचित  गरिन्छ । यो सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र संस्थाको procurement@sosec.org.np मार्फत निबेदन साथ आफ्नो फर्म वा कम्पनीको दर्ता तथा नबिकरण प्रमाण पत्र, Fact Sheet तथा आशय पत्र बुझाउनु हुन अनुरोध गरिन्छ  । 

सोसेक नेपाल महिला र बालबालिका र भष्टचार विरुद्ध शुन्य सहशिलता निति अवलम्वन गर्दछ त्यसैले वाह्य लेखापरिक्षण गर्ने सस्था र व्यक्तिहरु सेभगार्डिङ सवालमा सम्वेदनशिल हुनु पर्नेछ ।

संयोजक

खरिद समिति

सोसेक नेपाल

फोन: ०८९ ४१०१८७/४१००९६

website: www.sosec.org.np

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 01 Jul, 2024
Apply Before 07 Jul, 2024
City Dailekh