आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

 (REF: WVIN/BWSN/PCESP/EOI/2025/02)

प्रकाशन मिति: २०८१/०७/०८ गते

बागमती सेवा समाज नेपाल (BWSN) ले सर्लाही जिल्लामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरशीप परियोजना (CP-CESP)  परियोजना सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकामा सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.ब. २०२४ र २०२५ को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक–पटक खरिद गर्नुपर्ने भएकोले दीर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुँदा BWSN ले योग्य, सम्भावित आपुर्तिकर्ताहरुलाई पूर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक ईजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक व्यक्ति एवं संस्थाहरुबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८१ कार्तिक २३ गते (०८ नोभेम्बर २०२४ ) कार्यालय समयभित्र कार्यालयमा आएर वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु

  • परामर्श सेवाहरु (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता) 
  • स्वयम्सेवक तथा तथ्याङ्क सङ्कलक 
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ढुवानी सेवा) भाडामा लिने सम्बन्धि कार्य
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
  • छपाई (कपी ,पोष्टर, किताब, प्रमाण पत्र र  क्यानभास ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
  • कृषि औजार, पशु सम्बन्धि, बिउ बिजन, मल, किटनासक औषधि, बाखा्र फर्म, सुँगुर फर्म ,कुखुरा फर्म, मत्सय फर्म सम्बन्धि कार्यहरु 
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य 
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य 
  • मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
  • फर्निचर (दराज, टेबल, कुर्सि) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा आदी ) सामानहरु आपूर्ति गर्ने कार्य
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने 
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने
  • स्कुल पोशाक, अन्य कपडाहरु, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु, बिपत आपुर्ति गर्ने कार्य 
  • भवन निर्माण,मर्मत सम्भार, रंगरोगन ,बंगुरको खोर तथा बाख्राको खोर निर्माण  
  • उद्यमशीलता तथा सीपमुलक सम्बन्धि  तालिम प्रदान गर्ने सेवा प्रदायक 
  • किराना,सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरु आपुर्ति गर्ने आपुर्तिकर्ताहरु 
  • खाद्यान्न पदार्थ (चामल, दाल, तेल, नुन, चिउरा, चिनी आदी ) लगायत अन्य सामाग्रीहरु आपुर्ति गर्ने आपुर्तिकर्ताहरु

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि 

४. आर्थिक बर्ष.२०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

५. पछिल्लो बर्ष  विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक     

थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

६. जिल्ला भित्र दर्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरुलाई प्राथमिकता दिईने छ ।

https://drive.google.com/drive/folders/1a3-GDQe1mHIKL2J1lLGHNQoWuu8JG6gw?usp=sharing

आवश्यक सुचि दर्ताको फारम माथिको Link मा रहेको साथै कार्यालयमा सम्पर्क राखी  समेत पाउन सकिनेछ ।

सम्पर्क ठेगाना:

बागमती सेवा समाज नेपाल (BWSN)

हरिवन–११, (सर्लाही)

फोन नं. ०४६ –५३०५०१/९८०१९७२२५३

इमेल: bwsn.notice@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 24 Oct, 2024
Apply Before 08 Nov, 2024
City Sarlahi