आपूर्ति र सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
Details / requirements:
आपूर्ति र सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
(REF : WVIN/ PYS/EOI/2024/01)
प्रकाशन मिति: २०८१/०४/१४ गते
प्रगतिशिल युवा समाज (PYS) बझाङ्गले यस जिल्लाका विभिन्न स्थानिय तहहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि तल उल्लेखित सेवा तथा सामाग्रीहहरू आवश्यक्ता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकाले दिर्घकालिन सम्झौता गर्नु पर्ने भएकाले (PYS) ले योग्य सम्भावित आपुर्तिकर्ताहहरूलाई पुर्व–योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरूबाट यस कार्यलय समय भित्र कार्यालयमा सुचीदर्ताको लागि यही मिति: २०८१ साउन २८ गते (१२ अगष्ट २०२३) दिउसो ५ बजे समय भित्र कार्यालयमा वा ईमेल मार्फत उल्लेखित कागजात सहित आवेदन पेश गर्न आह्रान गर्दछौँ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू:
- परामर्श सेवाहरू (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)
- भवन निर्माण, शौचालय निर्माण कार्यको लागि निर्माण व्यवसायी
- सवारी साधन (बस, स्कारपियो, बुलेरो, मिनि ट्रक) भाडामा लिने सम्बन्धि कार्य
- कार्यलय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद सामाग्रीको आपुर्तिकर्ताहरू
- छपाई (कपि, पोष्टर, किताब, डायरी, प्रमाण पत्र, ब्यानर, होर्डिङ्ग बोर्ड आदि)
- कृषि औजार, पशु सम्बन्धि, बिउ बिजन, मल किटनाशक औवधि,बाख्रा, सुँगुर, कुखुरा आदिसँग सम्बन्धि
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसारण गर्ने र कुरियर सेवा
- एफ.एम.रेडीयो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने कार्य
- मोटरसाईकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
- कम्प्युटर, ल्यापटोप, फोटोकपी एवं ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरूको आपूर्ति तथा मर्मत सम्भार गर्न
- स्टुडेन्ट किट, हाईजिन किट, खानेपानी तथा सरसफाई किट, एनएफआई किट
- फर्निचर (दराज, टेबल, कुर्चि, कार्पेट, कुसन आदि) सामानहरू आपूर्ति गर्ने कार्य
- हार्डवयर (कर्कट पाता, सिमेन्ट, रङ्ग रोगन, शौचालयका सामाग्रीहरू र सिचाई सामाग्रीहरूको आपूर्ति सम्बन्धि
- खानेपानी तथा पाइपलाईन विस्तारका सामाग्रीहरू तथा फिटिङ्गस सामाग्रीहरू आपूर्ति कार्य
- माटो, इटा, बालुवा र गिटी आदि आपुर्तीगर्ने कार्य
- तालिम, बैठक तथा गोष्ठी सञ्चालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटलहरू
- समुदायमा खाना खाजा खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने होटलहरू
- उद्यमशीलता तथा सीपमुलक तालिम (हाउस वाइरिङ्ग, मोबाईल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक) आदि सम्बन्धि तालिम प्रदानगर्ने सेवाप्रदायकहरू
- स्कुल पोशाक, ब्याग, कम्बल, त्रिपाल तथा कीटनाशक झुल आदि आपूर्ति गर्ने कार्य
- किराना, सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुत्ता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरू आपुर्तिकर्ताहरू
दरखास्तका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
- फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
- स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
- मु.अ.करमा दर्ता नभएको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
- आर्थिक वर्ष ७९/८० वा ८०/८१ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि
- सुचि दर्ताका लागि निवेदन
यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
इमेल: pys.procurement21@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 28 Jul, 2024 |
Apply Before | 12 Aug, 2024 |
City | Bajhang |