आकस्मिक आश्रय सामाग्री (Emergency Shelter Kits) आपूर्ति सम्बन्धी बोलपत्र आह्वान गरिएको सूचना !

Habitat Nepal

Habitat for Humanity International Nepal's vision is a world where everyone has a decent place to live. Habitat Nepal operates as part of an international network with a common objective of reducing poverty and eliminating substandard housing and homelessness from the world.

Details / requirements:

आकस्मिक आश्रय सामाग्री (Emergency Shelter Kits) आपूर्ति सम्बन्धी बोलपत्र आह्वान गरिएको सूचना !

प्रथम पटक प्रकाशित मितिः २०८१/०८/२५ 

Habitat for Humanity International Nepal (Habitat Nepal) कार्यालयको लागि आर्थिक वर्ष २०८१/२०८२ मा सञ्चालन भईरहेको परियोजना अन्तर्गत आकस्मिक आश्रय सामाग्रीहरू (Shelter kit) आपूर्तिको लागि बोलपत्र आह्वान गरिएको छ । उक्त सामाग्री Habitat Nepal को निम्न ठेगानाहरूमा ढुवानी समेत गर्नुपर्ने व्यहोरा जानकारी गराइन्छ । आवश्यक सामाग्रीहरूको सूचि र विशिष्टीकरण (Specification) तलको लिङ्कबाट पनि डाउनलोड गर्न सकिनेछ ।

RFQ Format

जिल्लाआपूर्ति गर्नुपर्ने स्थान
ललितपुरललितपुर – ३, धोबीघाट
मोरङ्गविराटनगर – ४, एयरपोर्ट मोड

बोलपत्र साथ पेश गर्नुपर्ने कागजातहरू

    १. फर्मको दर्ता प्रमाणपत्रको (नविकरण सहितको) प्रतिलिपी ।

    २. भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी । 

    ३. आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

शर्तहरू:

    १. यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बोलपत्र पेश गरिसक्नुपर्ने छ । 

    २. सामाग्रीको दर रेट भ्याट र ढुवानी सहित उल्लेख गर्नुपर्ने छ । 

    ३. बोलपत्र स्वीकृत भई खरिद आदेश भएको मितिले ७ दिनभित्र सामाग्री उपलब्ध गराउनुपर्ने छ ।

    ४. बोलपत्र स्वीकृत भए पश्चात यस संस्थासँग आ.व. २०८१/२०८२ को लागि खरीद तथा आपूर्ति सम्झौता गर्नुपर्नेछ ।

नोटः

न्युनतम दर रेट रहेको आपुर्तिकर्ताहरूलाई पहिलो प्राथमिकतामा राखिनेछ तर उल्लेखीत स्पेशिफिकेशन भएको र सम्पुर्ण सामग्रीको दर रेट भएको बोलपत्र मात्र स्वीकार गरिनेछ । बोलपत्र पेश गर्दा साथमा पेश गर्नुपर्ने कागजातहरूसँगै अनिवार्य पेश गरेको हुनुपर्नेछ । कागजात पेश नभएको बोलपत्र माथि कुनै निर्णय हुनेछैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार Habitat Nepal मा निहित रहनेछ । सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बोलपत्र procurement@habitatnepal.org मा पेश गर्नु हुन सम्बन्धित इच्छुक आपूर्तिकर्ता/फर्महरूमा अनुरोध छ ।

Habitat for Humanity International Nepal

House No. 126, New Colony Marg

Lalitpur-3, Dhobighat

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 10 Dec, 2024
Apply Before 17 Dec, 2024
City Lalitpur