स्थानीय सहजकर्ता
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
मिति २०८० साल आषाढ ३१ गते
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघले पोषण पुरुक (nutritional supplementation) सँग सम्बन्धित गतिविधिहरु मार्फत लक्षित वर्गको पोषणमा पहुंच साथै जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले केएर नेपालसंगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरुसंगको सहकार्यमा कार्यक्रम संचालन गरिरहेको छ ।
त्यसैंगरी भिएसओसंगको सहकार्यमा बारा र रौतहट जिल्लाका स्थानीय सरकारहरुसंगको सहकार्यमा एक्टिभ परियोजना संचालन गरिरहेको छ ।
महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय, सिरहा र परियोजना कार्यालय बारामा अन्तर्गत रही तपशिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले उल्लेखित ठेगानामा ०७ श्रावण २०८० सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।
पद | संख्या | जिल्ला | शैेक्षिक योग्यता | आवश्यक अनुभव |
स्थानीय सहजकर्ता | ५ १ | सिरहा र सप्तरी बारा | जे.टी.ए. उत्तीर्ण |
|
- सवारी चालक ईजाजत पत्र भएकालाई प्राथमिकता दिईनेछ ।
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
दरखास्त बुझाउने अन्तिम मिति: २०८० श्रावण ०७ गते सम्म
छनौट विधी: लिखित र मौखिक
..........................
पदपूर्ति समिति
Overview
Category | Development and Project |
Openings | 6 |
Position Type | Full Time |
Experience | 2 Years |
Education | JT / JTA, JTA Agriculture |
Posted Date | 16 Jul, 2023 |
Apply Before | 23 Jul, 2023 |
City | Siraha, Bara, Saptari |